तनहुँ । मिस तनहुँ २०१९ को ताज आकृती श्रेष्ठले जितेकी छिन । डुम्रेकी १८ वर्षीया आकृती श्रेष्ठले ८ जना आफ्ना प्रतिस्पर्धीहरु लाई पछि पार्दै उपाधी हात पारेकी हुन ।
डाँफे मल्टिमिडियाको आयोजनामा शनिबार साझ दमौली उक्त कार्यक्रम भएको हो ।
त्यस्तै प्रतियोगितामा फस्ट रनरअप अनिता थापा मगर, सेकेन्ड रनरअप अस्मिता मजकोटी र भ्युवर च्वाइस अवार्ड भने नमिता सुन्दासले जितेकी छिन ।
प्रतियोगिताकी विजेता श्रेष्ठले यामाहाले फ्यासिनो स्कुटर संगै एनसिएस एजुकेसन फाउन्डेसनको तर्फबाट १५ हजार बराबरको प्याकेज र मायाको चिनो प्राप्त गरिन । र अन्य फर्स्ट रनरअप, सेकेन्ड रनरअप र भ्युवर चोइसले पनि एनसिएस एजुकेसन फाउन्डेसनको तर्फबाट १५ हजार बराबरको प्याकेज प्राप्त गरेका छ्न । र बाकी ५ जना अन्य प्रतियोगिले पनि एनसिएस एजुकेसन फाउन्डेसनको तर्फबाट १० हजार बराबरको प्याकेज प्राप्त गरेका छ्न ।
उक्त प्रतियोगिताको निर्णायकहरुमा मिस नेपाल २०१४ की विजेता सुबिन लिम्बु, सम्पदा नेपालका अध्यक्ष हरि सिं गुरुङ र कलाकार एवं मोडल अनिल अधिकारी रहेका थिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।
विभिन्न जातजातिका भेषभुषा लाई विशेष प्राथमिकता दिएर जातीय पहिचान झल्कने पहिरन प्रतियोगिहरुले लगाएका थिए ।
लुकेर रहेकोमा नारी प्रतिभा लाई प्रस्फुटन गर्न उक्त प्रतियोगिता आयोजना गरिएको डाफे मल्टिमिडियाकि अध्यक्ष सन्जु घलेले बताईन । कार्यक्रमको मुख्य प्रायोजन यामाहाले गरेको थियो ।
कार्यक्रमको संचालन यकिन गुरुङ र सुदिप पौडेलले गरेका थिए । उक्त प्रतियोगिताको फोटोग्राफी पार्टनरको रुप आगमन फोटोग्राफी रहेको थियो ।
विजेताहरु लाई पन्चे बाजा सहित आइतबार दमौली बजार परिक्रमा गराइएको थियो ।
सम्बन्धित खबर
हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा
बन्दिपुरमा चितुवाको आक्रमणमा परी १० वर्षीया बालिकाको मृत्यु
तनहुँको भुजिकोट गाउँ चिनाउन नयाँ वर्षमा उकालो दौड प्रतियोगिता हुने
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
तनहुँको आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
तनहुँमा ‘एक वडा, एक पर्यटकीय गाउँ’ बनाइँदै
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु