पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा सहित गण्डकी प्रदेशका पर्यटकीय स्थलहरुमा ११ महिनामा झण्डै ३ लाख विदेशी पर्यटक आएको तथ्याङक संकलन भएको छ । गण्डकी प्रदेश सरकारले गत साउन देखी गण्डकी प्रदेशमा आउन पर्यटकको तथ्याङका राख्न थाले यता २ लाख ८८ हजार विदेशी पर्यटक पोखरा आएका हुन् ।
पोखरा र गण्डकी प्रदेशमा अहिलेसम्म वर्षेनी कति पर्यटक आउँछन् भन्ने तथ्याङक थिए । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही आर्थिक वर्षका साउन १ गते देखि स्थल मार्गमा प्रहरीको सहयोगमा र हवाई मार्गबाट आउने पर्यटकको तथ्याङक पोखरा विमानस्थलबाट लिन थालेको हो ।
गण्डकी प्रदेशमा आउने पर्यटक माध्ये सबै भन्दा धेरै छिमेकी राष्ट्र भारतबाट बढि आएका छन् । गत साउन देखि जेठ महिनासम्मको तथ्याङक अनुसार हवाई मार्ग र स्थल मार्ग हुँदै आउने भारतीय पर्यटकको संख्या १ लाख १६ हजार रहेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुचना अधिकृत शिव परियारले जानकारी दिए । उनले त्यसपछि चिन, एसिया, युरोप, र अमेरिकाका पर्यटकको संख्या १ लाख ७१ हजार रहेको बताए ।
स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँपु खैरेनीस्थित पृथ्वी राजमार्गको आपु खैरानी प्रहरी चेक पोस्ट र स्याङजाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीले पर्यटको तथ्याङका राख्दै आएका छन् । गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्याङ्क भने यस तथ्याङ्कमा समेटिएको छैन । नवलपुरतर्फ आउने पर्यटकको तथ्याङ्क पनि छिट्टै नै संकलन गरीने उनले बताए ।
हवाई मार्गबाट पोखरा आउने पर्यटको तथ्याङ्क भने पोखरा विमानस्थलले प्रदेश सरकारलाई उपलब्ध गराउँदै आएको छ । यसअघि पोखरा आउने पर्यटकको रेकर्ड हवाई मार्गबाट आउने पोखरा विमानस्थलले र पदयात्रामा जाने पर्यटकको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले राख्ने बाहेक अन्य तथ्याङ्क थिएन ।
तथ्याङ्क अनुसार पोखरामा सबैभन्दा धेरै कात्तिक महिनामा ३८ हजार ५ सय पर्यटक आएका छन् । त्यसपछि मंसिर महिनामा ३७ हजार पर्यटक आएको तथ्याङ्क छ । सबैभन्दा कम साउन महिनामा २० हजार ८ सय १२ पर्यटक आएको प्रदेश सरकारको तथ्याङ्क रहेको छ । प्रदेश सरकारले आन्तरिक पर्यटकको भने तथ्याङ्क राखेको छैन ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम