धादिङकी गोमा लमजुङमा करेण्ट लागेर घाइते, बेशीशहरमा उपचार हुँदै

धादिङकी गोमा लमजुङमा करेण्ट लागेर घाइते, बेशीशहरमा उपचार हुँदै

gharko chhat current

प्रतिकात्मक तस्विर

धादिङ जिल्लाको निलकण्ठ नगरपालिका २ कामीगाँउ घर भई हाल लमजुङ बेशीशहर नगरपालिका ८ झ्याङखोला स्थित डेरा गरी बस्ने गोमा बि.क. करेण्ट लागेर घाईते भएकी छिन् ।

अन्दाजी ३५ वर्षीया गोमा मजदुरी काम गर्दै वेशीशहर बस्दै आएकी छिन् । सोहि ठाउँका अमृत घिमिरेको नयाँ घर बनाउने क्रममा रड बोकि छतमा जाने क्रममा उक्त रड बिद्युतको मेन तारमा अचानक छुन गई करेन्ट लागि घाईते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अहिले उनलाई उपचारको लागि जिल्ला सामुदयिक अस्पताल बेशीशहर पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरेहको बताईन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds