पोखराबाट सम्पर्कविहीन भएका लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ९ का १७ वर्षीय सोम गुरुङले आफू नेपालगञ्जमा भएको साथीलाई फेसबुक सन्देश छाडेका छन् । निशान भनेर चिनिने सोम असार १३ गतेदेखि सम्पर्कविहीन थिए । पोखरा १४ हवेलीमार्गबाट मध्यान्हको समयपछि उनी बेपत्ता भएपछि उनका लमजुङका शिक्षक विशाल श्रेष्ठ ‘ओसिएन’ ले खोजी कार्य तीब्र बनाएका थिए ।
सोम पोखरा काजीपोखरीमै बसेर प्लस टु पढ्दै आएका थिए । उनको म्युजिकप्रति निकै झुकाव छ । अनुहार गहुँ गोरो, उचाइ ५ फिट ४ इन्च भएका सोमको फेसबुक वालमा मृत्यु जस्ता कुरा लेखेका थिए । जसकारण परिवार निकै चिन्तित अवस्थामा थियो । आफ्नो साथी साजन दुरालाई उनले आफू अब ठूलो मान्छे बनेर मात्र फर्कने म्यासेज गरेका छन् । १०,२० वर्षसम्म घर नफर्कने भन्दै बुबाआमालाई चिन्ता नलिन आग्रह गरेका छन् ।
http://gandaknews.com/som-gurung/
सम्बन्धित खबर
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते