पोखरा । पोखरामा भलले बगाउँदा एकजना सेती नदीमा वेपत्ता भएका छन् । शुक्रबार भीषण वर्षासँगै आएको भलले बगाउँदा एकजना वेपत्ता भएका हुन् ।
पृथ्वीचोकबाट बगेर आएको भलले चाइनापुल नजिकै मानिसलाई बगाएको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । मोटरसाईकलसहित मान्छे सेती नदीमा झरेको भन्दै प्रहरीले अहिले खोजी थालेको छ ।
दुईवटा मोटरसाईकल बगेकोमा एकजनालाई तानेर निकालिएको र अर्को मान्छे मोटरसाईकलसहित सेतीमा झरेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए । वेपत्ता हुनेको परिचय खुल्न सकेको छैन ।
पोखरामा पानीको उचित निकाश नहुँदा वर्षा भएसँगै सडकमा भलले वर्षेनी मानिसलाई बगाउने गरेको छ । सडक छेउमा रहेका नालाहरु खुल्ला हुँदा बगाउने समस्या सिर्जना भएको हो ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम