[फलोअप] तनहुँमा ट्रकभित्रै युवतीको सामुहिक बलात्कार गर्ने दुई जना विरुद्ध मुद्धा दर्ता

[फलोअप] तनहुँमा ट्रकभित्रै युवतीको सामुहिक बलात्कार गर्ने दुई जना विरुद्ध मुद्धा दर्ता

police-office-tanahun

अश्विन दानी, पोखरा । बुधबार ३० बर्षिया फूलमाया (नाम परीवर्तन) नवलपरासीबाट चीतवनको नारायणगढ़सम्म आउने निधो गरेपछि नवलपुरको डण्डामा आएर बसको प्रतिक्षा गरिन् ।

साँझको करिब ७ बजे नवलपरासीबाट तनहुँको दमौलीसम्म आउने ना १ क ४३४९ नम्बरको ट्रकमा दुई जना फूलमायाको सामु देखिए । फुलमायाले उक्त ट्रकमा आफुलाई नारायणगढ़सम्म लिफ्ट दिन अनुरोध गरिन् ।

उनको अनुरोधलाई मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ३ सूर्यचोक बस्ने ३२ बर्षिय सह-चालक गोपाल भण्डारी र सोही ठाउँका ३१ बर्षिय चालक बिमल ढकालले स्वीकार गरे । अनि फूलमाया ट्रकमा चढेर नारायनगढसम्मका लागि यात्रा सुरु गरिन् ।

तर, उनको लागि यो यात्रा नै जीवनको सबैभन्दा ठूलो दुर्भाग्य बनिदियो । अर्थात उनी सोही लिफ्ट दिने ब्यक्तिबाटै सामुहिक बलात्कारको सिकार बनिन् ।

‘पीडितले नवलपरासीबाट नारायणगढ़सम्म लिफ्ट मागेर ट्रकमा चढेकी रहिछन् । तर, आरोपीतहरुले उनीमाथि कुदृष्टी लगाएर नारायणगढ़मा पीडीतलाई ओर्लन नदिएर एकैपटक तनहुँमा ल्याई पु¥याएछन्’ जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले पीडितलाई उद्घृत गर्दै गण्डक न्यूजसँग भने, ‘सम्बन्धित ठाउँमा ओर्लन नदिएका चालक र सह-चालकले उनलाई तनहुँको व्यास नगरपालिका वडा नं. १२ छिर्कने स्थित पृथ्वीराजमार्गको एकान्त ठाउँमा ल्याएर सडक किनारामा ट्रक रोकी ट्रक भित्रै जबरजस्ती करणी गरेछन् ।’

यसरी खुल्यो रहस्य 

नवलपरासीबाट नारायणगढ़सम्म हिँडेकी फुलमाया ट्रक भित्रै निदाएपछि ट्रक चालक र सह-चालक ले उनलाई तनहुँको छिर्कने स्थित एकान्त ठाउँमा ल्याएर सामुहिक बलात्कार गरेर छाडे । बलात्कारको सिकार भएकी उनी त्यहाँबाट पोखरा आईपुगिन् र आफुले चिनेको एक आफन्तसँग घटना बिबरण सुनाईन् ।  उक्त घटनाको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालयसम्म पुग्यो ।

पीडीतले आफुमाथि जबर्रजस्ती करणी भएको भनेर जानकारी दिएपछि प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय तनहुँलाई सत्यतथ्य बुझ्न आदेश दियो । प्रदेश प्रहरीले दिएको आदेशको अनुसार तनहुँ प्रहरीले आरोपीको खोजि सुरु गर्याे ।

अन्तत उक्त ट्रकका चालक बिमल र सह-चालक गोपाललाई तनहुँ प्रहरीले तनहुँकै ब्यास नगरपालिका-३ बनबाटिका चौरमा ट्रकबाट सामान अनलोड गर्दै गरेको अबस्थाबाट पक्राउ गर्याे ।

आरोपीत दुबैलाई जबरजस्ती करणी मुद्धामा म्याद थप 

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेका अनुसार आरोपीत दुबैलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (१) बमोजिम पक्राउ गरी आज (शुक्रबार) जबरजस्ती करणी मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ भने पीडीतको स्वास्थ्य परिक्षण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds