एजेन्सी । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा भुस्याह कुकुरले तीन महिनाको बालकलाई मारेका छन् । उत्तर प्रदेशको सहारनपुरमा पर्ने दयालपुर गाउँमा रजनीश आफ्नी पत्नी ललिता र तीन महिनाका छोरा अभिमन्यूका साथ घरको आँगनमा सुतिरहेका थिए ।
कुकुरको समूहले तीन महिनाका अभिमन्यूलाई लुछ्दै लग्यो । कुकुरको आक्रमणबाट उनी चिच्चाउन थाले । बाबु रजनीशको मात्र नभएर सबैको निद्रा खुल्यो । सबैले कुकुरको खोजी गर्न थाले । कुकुरले बालकलाई नजिकैको ऊखुबारीमा लग्यो ।
ऊखुबारीमा लामो समयसम्म बालकको खोजी भयो । अन्तत कुकुरको समूहले बालकको टाउँको र अन्य अंग खाइसकेका थिए । चार घन्टापछि मात्र शव फेला पर्यो । घटना लगत्तै प्रहरीलाई खबर गरेपनि समयमै प्रहरीले खोजी नगरेर आफ्नो बालकले ज्यान गुमाएको भन्दै स्थानीयले आन्दोलन गरेका छन् ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते