पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को लागि ल्याएको नीति तथा कार्यक्रममा काँग्रेसबाट निर्वाचित केही असन्तुष्ट वडा अध्यक्षहरुले आज महानगरपालिकाको मुख्य प्रवेशद्वारमै तालाबन्दी गर्ने भएका छन् । बुधबार (हिजो) महानगरपालिकाले प्रकाशन गरेको योजनाको रातो किताब च्यात्दै असन्तुष्ट वडा अध्यक्षहरुले आज (बिहिबार) मुख्य प्रवेशद्वारमै तालाबन्दी गर्ने चेतावनी दिएका थिए ।
‘बजेट निर्वाचनमुखी देखियो । हामीले हाम्रो योजनालाई समे्टदै समानुपातिक रुपमा योजना पारेर बजेट माग गरेका थियौं । तर त्यो देखिएन् ।’ महानगरपालिका–१० का वडाध्यक्ष राजकुमार गुरुङले भने–‘जुनसुकै वडाको विकास भएपनि महानगरपालिकाकै विकास हो । त्यसमा महानगरले ध्यान दिनुपर्छ । बजेटको सिलिङमा एउटालाई काखा र अर्कोलाई पाखा गर्न हुुदैन् ।’
महानगरपालिकाले योजनाको रातो किताब अध्ययन गर्ने केवल १ घण्टाको मात्रै दिएकोप्रति समेत वडाध्यक्षहरु आक्रोषित थिए । ‘एक घण्टामा योजनाको किताब पढेर कसरी प्रतिक्रिया दिन सकिन्छ ।’ उनले भने–‘पुर्वाधार लगायतका सामाजिक सुरक्षाका विषयहरु थिए । हतारमै पढेर प्रतिक्रिया दिनुपर्ने बाध्यता बनाईयो । जुन न्याय संगत थिएन् ।’
महानगरले योजनाहरुलाई ‘योजना बंैकको रुपमा रहेको भन्दै पन्छिएको समेत उनको भनाई थियो । ‘हामीले हाम्रो वडाको विकास गर्ने हो ।’ उनले थपे–‘योजना समेटिदेउ भन्दा बाउको सम्पति माग्न गएजस्तै गरे ।’ रातो किताब च्यात्ने काँग्रेसको तर्फबाट जित्ने वडाध्यक्षहरु थिए । उनीहरुले मेयरले आफनो अनुकुल र निर्वाचन मुखी बजेट उपलब्ध गराएको आरोप लगाएका थिए ।
वडाध्यक्ष गुरुङले वडाको बजेटको सिलिङ छुट्टाउन माग गरिएपनि सुनुवाई नभएको स्पष्ट पारे । महानगरपालिकाको योजना एउटा वडा एक पार्कको नीति छ । त्यो नीति अनुसार वडाले पार्कको लागि बजेट माग गरिएको बताउँदै उनले त्यो मागलाई महानगरपालिकाले सम्बोधन नगरेको गुनासो गरे ।
‘वडामा पार्क बनाउने नीति अनुसार रामघाट धार्मिक क्षेत्र विकास भित्र पाार्क बनाउने योजना पठायौं ।’ उनले भने–‘तर त्यो समेटिए अन्य वडालाई भने पार्क बनाउन ५० लाख रुपैयाँ छुट्टाईयो ।’ महानगरले आफनो भोट बैंक भएका वडाहरुलाई आफनो अनुकुलको बजेट उपलब्ध गराएको आरोप समेत लगाए । उनले बजेट २० र २३ वडालाई बढी बजेट दिए खासै फरक नपर्ने बताए ।
महागनरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले असन्तुष्ट राख्न पाईने भन्दै असन्तुष्ट व्यक्त गर्ने शैली प्रजातान्त्रिक नभएको जिकिर गरे । ‘ महानगरपालिकाले देखिने गरी काम गर्नुपर्छ भन्दै महत्वपूर्ण गौरवको योजना ल्याउनुस भनियो ।’ उनले भने–‘तर ठोस योजना नबनाई बजेट मात्रै दिएर देखिने गरी काम नहुदाँ प्रभावकारी रहदैन भन्ने मानसिकता रह्यो ।’ केही वडाध्यक्षले डल्लै बजेट राखिनुदिनुपर्ने र आफनो तरिकाले खर्च गर्न पाउनुपर्ने माग राखेको स्पष्ट पार्दै त्यस्तो प्रवृत्तिको अन्त्य गरी देखिने गरी काम गर्ने उद्देश्यमा प्रेरित भएको जिकिर गरे ।
असन्तुष्ट वडाध्यक्षहरुले आफुले भने जस्तो भएन भन्ने भनाई राखेको बताउँदै प्रवक्ता नेपालीले तीन दिनभित्रमा संशोधनको लागि लिखित माग गरिएको स्पष्ट पारे । ‘केही त्रुटि भए लिखित रुपमा ल्याउन माग नगरप्रमुखले गर्नुभएको छ ।’ उनले भने–‘मागलाई सम्बोधनको लागि लिखित आए संशोधन भएर आउँछ भनेर प्रतिबद्धता समेत गरिसक्नुभएको छ ।’
https://www.facebook.com/gandaknews/videos/2020374261603481/?t=9
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम