प्रहरीले फेसबुकबाटै थाल्यो सोधपुछ !

प्रहरीले फेसबुकबाटै थाल्यो सोधपुछ !

Untitled

काठमाडौं । सामाजिक सञ्जालको विषयलाई लिएर नेपाल प्रहरीमा दैनिक दर्जनौं गुनासा आउँछन् । हरेक पीडितको चाहना हुन्छ, चाँडै न्याय पाइयोस् ।

तर, प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन ।

कतिपय घटनामा सामान्य विषयमा अनावश्यक हात लागेको भनेर आलोचना पनि हुने गर्छ । त्यसैले प्रहरीले सामान्य किसिमका घटनासँग जोडिएको विषयलाई सर्वप्रथम सामाजिक सञ्जालबाटै सोधपुछ गर्न थालेको छ ।

प्रहरीको साइबर अपराध ब्युरो (सीसीबी) का प्रमुख विकास श्रेष्ठ कतिपय अवस्थामा सम्पर्कभन्दा बाहिर रहेका व्यक्तिलाई सचेत गराउन पनि यो विधि उपयोगी हुने बताउँछन् ।

प्रहरीले हालै साउदी अरबमा रहेका एक युवकलाई म्यासेन्जरमार्फत सन्देश सम्प्रेषण गरेको छ, जसले स्टाटस लेखेर ‘एजिज रेन’ नामक फेसबुक प्रोफाइललाई गाली गलौज गरेका थिए ।

‘गाली गलौज गरेको विषयमा हामीलाई जानकारी प्राप्त भएको थियो’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्रेष्ठले भने, ‘उनी विदेशमा भएकाले पक्राउ गरेर ल्याउने विषयमा अफ्ठ्यारो थियो । त्यसैले सचेत गराइएको    हो ।’

 म्यासेजको स्क्रीनसट अनुसार पीडक व्यक्तिलाई ब्युरोको आधिकारिक फेसबुक प्रोफाइलबाट सोधिएको छ, ‘तपाईं र अजिज रेनबीच पूर्व कुनै रिसिइबी थियो कि ? यसरी पोष्ट गर्नुको प्रमुख कारण के हो ? यस सम्बन्धमा, खुलाइ लेखी पठाउनु होला ।’

उनले प्रहरीलाई प्रश्नको जवाफ पनि दिएका छन् । डीआईजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित भएको बताउँदै सचेत रहन सर्वसाधारणलाई पनि आग्रह गरे ।onlinekhaba

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds