व्यास नगरपालिकाले ल्यायो १ अर्ब ३८ करोडको बजेट : ढिडो पकाउने र गुन्द्रुक बनाउने तालिम समेत प्रस्तावमा

व्यास नगरपालिकाले ल्यायो १ अर्ब ३८ करोडको बजेट : ढिडो पकाउने र गुन्द्रुक बनाउने तालिम समेत प्रस्तावमा

Vyas Nagarsava

किरण श्रेष्ठ, तनहुँ । व्यास नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि १ अर्ब ३८ करोड ३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । ५औं नगरसभामा व्यास नगरपालिकाकी उपमेयर मिरा जोशीले नीति तथा बजेट प्रस्तुत गर्दै आर्थिक वर्षको लागि १ अर्ब ३८ करोड ३ लाख २५ हजार रुपैंयाको बजेट प्रस्तुत गरेकी छन् ।

पुजीगत खर्च तर्फ ६० करोड १६ लाख ४६ हजार रुपैयाँ र चालु खर्च तर्फ ७७ करोड ८६ लाख ७९ हाजर गरि कुल १ अर्ब ३८ करोड ३ लाख २५ हजार आर्थिक वर्ष २०७६/७७ का लागि खर्च प्रस्ताव गरेको उपमेयर मिरा जोशीले बताइन ।

प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट १४ करोड ८५ लाख रुपैयाँ, राजश्व बाँडफाँट अन्तर्गतबाट ५ करोड, संघीय सरकारको सशर्त अनुदानबाट ४१ करोड ७३ लाख, संघ सरकारको वित्तिय समानिकरण अनुदानबाट १९ करोड २० लाख, संघ सरकारको सामाजिक सुरक्षा अनुदानबाट १६ करोड रुपैयाँ जुटाइने उपमेयर जोशीले बताइन् ।

बजेटमा सडक र नालातर्फ नगरस्तरीय आयोजनाहरु र वडास्तरीय आयोजनाका लागि २७ करोड २३ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै खानेपानी तर्फ ४ करोड ४७ लाख २५ हजार, खेलकुद तर्फ १ करोड ३३ लाख र पर्यटन तर्फ ४ करोड ९१ लाख रुपैंया विनियोजन गरिएको छ ।

चालु खर्च अन्तर्गत पदाधिकारीहरुको पारिश्रमिक तथा सुविधाको लागि १ करोड ७८ लाख ३८ हजार, तलब, भत्तालगायत अन्य प्रशासनिक खर्चको लागि ७ करोड ३७ लाख ८० हजार, कार्यालय संचालन सम्बन्धि खर्चको लागि १ करोड १६ लाख, सवारी साधन मर्मत सम्भार खर्चको लागि ७ लाख रुपैंया छुट्याइएको उपमेयर जोशीले बताइन् ।

नगरपालिकाले बजेटमार्फत दुम्सीचौर स्थित नारेश्वर ताल निर्माणका लागि १ करोड र मादी नदि बहिउद्धेश्यीय विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि ४० लाख रुपैयाँ छुट्याएको छ । यस्तै नविकरणीय उर्जा, सडक बत्ति विस्तार एवं व्यवस्थापनाका लागि ५२ लाख १० हजार रुपैयाँ छुट्याएको उपमेयर जोशीले जानकारी दिइन् ।

यस्तै सहकारी प्रवर्द्धनका लागि ७ लाख ५० हजार, वित्तिय व्यवस्थानका लागि १० लाख र उद्योग प्रवर्द्धनका लागि २१ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । त्यस्तै व्यास नगरपालिका पुस्ताकालय व्यवस्थापनाका लागि १० लाख रुपैयाँ छुट्याएको छ । भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रमका लागि १ लाख र पर्यटकिय सम्पदाहरुको संरक्षण एवं महत्व झल्किने होर्डिङ बोर्ड स्थापना विभिन्न स्थानका लागि २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । मदिनादी बहुउद्धेशीय परियोजनाको डिपिआरको लागि ४० लाख, बुल्दिखोला ताल सम्भाव्यता अध्ययन तथा डिपिआर निर्माणको लागी ३ लाख र कालीडाडाँ र पार्कको डिपिआर निर्माणको लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँनगर साझेदारी कोष संचालनका लागि १ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर जोशीले बताइन ।

युवा लक्षित गाइभैसी प्रवर्द्धन कार्यक्रम ७५ प्रतिशत अनुदानको लागि १० लाख ५० हजार, युवा लक्षित भेडाबाख्रा प्रवर्द्धन कार्यक्रम ५० प्रतिशत अनुदानको लागि ४  लाख र युवा लक्षित गाइभैसी प्रवर्द्धन कार्यक्रम भुरा वितरणको लागि २ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

व्यास नगरपालिकाको बजेटमा ढिडो पकाउने र गुन्द्रुक बनाउने तालिम देखि रागो र बोका खरिद सम्मलाई अनुदान

व्यास नगरपालिकाको बजेटमा परम्परागत शीप विकास तथा अन्तर पुस्ता शीप हस्तातरण तालिम अन्तर्गत बत्ति काट्ने, मसेउरा बनाउने, गुन्द्रुक
बनाउने, दुनाटपरी बुन्ने, ढिडो पकाउने तालिमको लागि ७ लाख, उन्नत प्रजनन रागो खरिदको लागि १ लाख २० हजार र उन्नत प्रजनन बोका खरिद गर्न २ लाख १० हजार विनियोजन गरिएको व्यास नगरपालिकाकी उपप्रमुख जोशीले बताइन ।

तर व्यास नगरपालिकाको बजेटमा बेरोजगार तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरु लाई उद्योग तथा क-कारखाना सम्बन्धि शिपमुलक तालिमको लागि भने जम्मा ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds