काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई राप्रपाले मार्गदर्शक सिद्धान्तका रुपमा अघि सारेपछि त्यस विषयमा राजनीतिक वृत्तमा बहस जारी छ । समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले कांग्रेसप्रति गरेको टिप्पणीको जवाफ दिँदै कांग्रेस नेता गगन थापाले भट्टराईलाई भोट दिएर जिताएको कांग्रेसले क्षमापुजा गर्ने बताएका थिए ।
उनले निर्वाचन सकिएको डेढवर्ष नपुग्दै भट्टराईले कांग्रेसको चर्को आलोचना गर्न थालेको भन्दै गोरखा पुगेर यस्तो प्रतिक्रिया दिएका थिए ।
त्यसलगत्तै भट्टराईले सामाजिक सञ्जालमा जवाफ दिँदै भनेका थिए– “बीपीलाई अब राप्रपाले अपहरण गरेछ ! बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो ! बीपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बीपीको रक्षा त गर, बाबुरामको क्षमापुजा पछि गरौला ! हामी साथ दिन तयार छौं !”
उक्त भनाइलाई जवाफ दिँदै कांग्रेस नेता थापाले ट्विटमार्फत नै भनेका छन्–“विपीलाई अब राप्रपाले अपहरण गरेछ ! पहिले अपहरित विपीको रक्षा गर” डाक्टर साब चिन्ता नगर्नुस् । विपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईँको ‘जनसरकार’को हत्या र हिंसाले समाप्त पार्न सकेन, आज राप्रपाले अपहरण गर्न सक्दैन ।”
बिपीलाई अब राप्रपाले अपहरण गरेछ!बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो!बिपीको आत्माले के भन्दै होला?कांग्रेसी मित्रहरू हो,पहिले अपहरित बिपीको रक्षा त गर,बाबुरामको क्षमापूजा पछि गरौला!हामी साथदिन तयार छौं! https://t.co/2s6tfgJLdp
— Baburam Bhattarai (@brb1954) June 23, 2019
“विपीलाई अब राप्रपाले अपहरण गरेछ! पहिले अपहरित विपीको रक्षा गर”
डाक्टर साब, चिन्ता नगर्नूस् । विपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईंको ‘जनसरकार’को हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन ।— Gagan Thapa (@thapagk) June 25, 2019
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम