गण्डक न्युज । पोखरामा भएको रगतको अभावलाई मध्यनजर गर्दै पश्चिमान्चल इन्जिनियरिङ क्याम्पसमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।अनेरास्ववियु २०७५ ब्याच कमिटीद्वारा बिहिबार आयोजित उक्त आकस्मिक कार्यक्रममै ८५ युनिट रगत संकलन भयो । पोखरामा रगतको आपूर्तिमा केहि सन्तुलन बिग्रेको र अभाब खड्किएकोले आफुँहरुले आकस्मिक रुपमै कार्यक्रम आयोजना गरेको संयोजक सुजन सिग्देलले जानकारी दिए ।
अनेरास्ववियु २०७५ ब्याच कमिटी अध्यक्ष बिनोदराज जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका समाजसेवी राजेश गुरुङले रक्तदान जिबन दान भन्ने नारालाई आत्मसाथ गर्दै यस्तो पवित्र कार्यमा सबै सरिक हुनुपर्ने बताए ।त्यस्तै क्षेत्रीय रक्तसंचार केन्द्रका प्रतिनिधि अर्जुन ज्ञवालीले पश्चिमान्चल क्याम्पसले बिगतमा पनि रगतको अभाब हुँदा आकस्मिक रक्तदान गरेरै उल्लेख्य मात्रामा रगत संकलन गरेको स्मरण गर्दै सम्पूर्ण रक्तदातालाई आभार प्रकट गरे ।
पश्चिमान्चल इन्जिनियरिङ क्याम्पस लामाचौरको प्रांगणमा सम्पन्न सो कार्यक्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष बिबेक देबकोटा,अनेरास्वबियुकै क्षितिज सापकोटा ,पश्चिमान्चल क्याम्पस इकाई अध्यक्ष किरण पौडेल (अनेरास्ववियु) किरण सिंखडा (अखिल क्रान्तिकारी) लगायतको उपस्थिति थियो भने कार्यक्रमको संचालन एबम सहजीकरण संजय यादबले गरेका थिए ।

सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला