कास्कीको रुपामा तीन वटा चिस्यान केन्द्र स्थापना गर्न प्रदेश सरकारले दियो ३० लाख

कास्कीको रुपामा तीन वटा चिस्यान केन्द्र स्थापना गर्न प्रदेश सरकारले दियो ३० लाख

gandaki-pradesh-sava-f

पोखरा ।  कास्कीको रुपा गाउँपालिका भित्र तीन वटा चिस्यान केन्द्र स्थापना गरिने भएको छ । गण्डकी प्रदेश सरकारको रु. ३० लाख र गाउँपालिकाको रु.२० लाख गरि कूल रु. ५० लाखको लागतमा चिस्यान केन्द्र स्थापना गरिन लागेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका अन्तर्गत तरकारीको पटेक क्षेत्रका रुपमा परिचित वडा नं ३ ताकाञ्जा, ६ को रुपाकोट र ७ को माझकोटमा दश टन क्षमताका छुट्टाछुट्टै तीन वटा चिस्यान केन्द्र स्थापना गरिने भएको हो ।

गाउँपालिकाका पोल्याङ, पिप्ले, रुपाकोट, सिर्कुतान र देउराली, लगायतका उर्वर फाँटहरुमा उत्पादीत ताजा तरकारी तथा फलफुल भण्डारणमा चिस्यान केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । चिस्यान केन्द्र स्थापनासंगै सो क्षेत्रमा तीन सय भन्दा बढी मैसमी तथा वेमौसमी तरकारी कृषक लाभान्वित हुनुको साथै आयआर्जनमा समेत थप टेवा पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds