काँग्रेसले हरेक क्षेत्रमा निहूँ खोज्यो : प्रधानमन्त्री ओली

काँग्रेसले हरेक क्षेत्रमा निहूँ खोज्यो : प्रधानमन्त्री ओली

KP-Sharma-Oli-at-CA

file photo

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल काँग्रेसप्रति कटाक्ष गरेका छन् । उनले हरेक क्षेत्रमा काँग्रेसले निहुँ खोज्न थालेको बताए ।

मङगलबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेसको पछिल्लो व्यवहार आश्चार्यजनक भएको पनि बताए । उनले आफुलाई संसदमा बोल्न नदिन काँग्रेसका नेता तथा सभापति शेरबहादुर देउवा नै वेल घेर्न गएकोमा आश्चार्य लागेको बताए ।

‘प्रधानमन्त्रीले संसदमा बोल्न समय लिइसकेपछि प्रधानमन्त्रीभन्दा अगाडि आफुले बोल्न पाउनुपर्छ भन्ने लोकतन्त्रमा कहीँ हुँदैन । प्रधानमन्त्रीलाई बोल्न रोक्न कुनै विषयमा मतभेद पनि होइन । पहिला प्रधानमन्त्री र त्यसपछि प्रतिपक्षी दलको नेताले बोल्ने विश्वव्यापी प्रचलन हो,’ प्रधानमन्त्रीले अगाडि भने, ‘हरेक क्षेत्रमा निहुँ खोज्ने काँग्रेसले आश्चर्यजनक व्यवहार गर्यो । म आश्चर्यचकित भएको छु ।’

प्रधानमन्त्रीले संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन नगरेको भन्दै संसदमा अमर्यादित कृयाकलाप भएपछि देशवासीको ध्यानाकर्षण मात्र गराएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds