राजविराज : किशोरीलाई विवाहको आश्वासन दिई गर्भवती बनाउने एक युवकविरुद्ध सप्तरी प्रहरीले शुक्रबार बलात्कारको उजुरी दर्ता गरेको छ । एक १९ वर्षीया किशोरीलाई गर्भवती बनाउनेसप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीषकुमार मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गरेको जनाएको छ।
मण्डलले किरशोरीलाई विवाहको आश्वासन दिई यौन सम्बन्ध राख्ने गरेका थिए । उनी हाल विवाह गर्न अस्वीकार गर्दै सम्पर्कविहीन रहेको किशोरीले बताइन् । पीडित किशोरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोजकुमार यादवले जानकारी दिए । आरोपित युवक हाल भारतको बिहार भागी फरार भएकाले तत्काल पक्राउ गर्न नसकिएको एसपी यादवले बताए ।
अस्पतालका चिकित्सककाअनुसार किशोरी १८ हप्ताको गर्भवती छिन् । उनी अधिकारकर्मीको सहयोगमा राजविराजस्थित सुरक्षित आश्रय केन्द्र (सेफ हाउस) मा आश्रित छिन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम