गण्डक न्युज पोखरा, ८ मंसिर / पोखराबाट बीरगञ्ज जाँदै गरेको बस तनहुँमा दुर्घटना भएको छ । ना ४ ख ६५०० नम्बरको यात्रुबाहक बस राति ८ बजेतिर तनहुँको शुक्लागण्डकी अकलादेवी मन्दिर नजिकै सडकमा पल्टिएको हो ।
बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । दुई जनाको अवस्था गम्भिर रहेको छ । एक गम्भिर घाईते हुनेमा गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रा.डा. रघुवंश त्रिपाठी पनि छन् ।
उनीहरुको पहिचान नखुलेको घटनास्थलबाट हाम्रा समाचारदाता रियाज तिमिल्सिनाले जानकारी दिएका छन् । घाईतेलाई पोखरा ल्याईएको बताईएको छ । दुर्घटनापछि बसका चालक भागेका थिए ।
बसको सिसा सबै फुटेको छ । दुर्घटनाको कारणबारे केहि खुलिसकेको छैन । स्थानीयले केहिबेर राजमार्ग नै अवरुद्ध गरेका थिए ।
सम्बन्धित खबर
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम