पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरण गर्दा चालकलाई मानसिक तनाव हुने निष्कर्ष देखाउँदै विमानस्थलको पूर्वी डाँडो काटिने भएको छ । पोखरा महानगरपालिका २६ अघौंचोकबाट दक्षिण पश्चिम, विमानस्थलदेखि पूर्वमा पर्ने रिठ्ठेपानी डाँडालाई काट्नुपर्ने भएको हो ।
जहाज उडान अवतरणमा प्राविधिक समस्या हुने भएकाले रिठ्ठेपानीको डाँडा काट्नुपर्ने विमानस्थलका आयोजना प्रमुख बिनेस मुनाकर्मीले जानकारी दिए । ‘सुरक्षित उडानका लागि डाँडोलाई २४।७ मिटर काट्नुपर्ने भएको छ,’ उनले भने, ‘त्यसको लागि वातावरणीय प्रभाव मूल्याँकनको स्टडी पनि भैसकेको छ ।’
स्थानीय जग्गा धनीसँग समन्वय गरी डाँडो छिट्टै काट्ने उनले सुनाए । बर्खायाम सुरु भएकाले पनि काम अघि बढ्न ढिलाई भइरहेको उनको भनाई छ । ‘बर्षा सुरु भइसक्यो । त्यसैले पनि अलिकति ढिलाई भइरहेको छ,’ उनले भने, ‘अब स्थानीयसँगको समन्वयमा छिट्टै काम अघि बढाउँछौ ।’
तोकिएको समय अघि नै निर्माण सक्ने गरि विमानस्थलको काम धमाधम भइरहेको छ । सन् २०२० को अन्तिम सम्म निर्माण सक्ने गरि काम भई रहेको विमानस्थल आयोजनाले जनाएको छ ।
स्थानीयको दुई मत
डाँडा काट्ने विषयमा स्थानीयको दुई मत छ । जहाज अवतरण र उडानको लागि प्राविधिक हिसाबले पूर्वी भाग मात्र उपयुक्त देखिएपछि यसअघि नै प्राविधिकहरुले २ सय सिट क्षमताको विमानले मात्र उडान भर्ने बताएका छन् । चारैतिर डाँडाले घेरिएको हुँदा अरु ठाउँबाट उडान भर्न गाह्रो हुने विज्ञहरु बताउँछन् । लामो समयको रस्साकस्सीपछि सुरु भएको विमानस्थल निर्माणमा डाँडा कटान गर्नु पर्ने भएपछि अर्को जटिलता थपिएको हो ।
धेरै जसो सार्वजनिक जग्गा भएपनि सो जग्गा केही व्यक्तिको पर्छ । डाँडा काट्नका लागि केही स्थानीय सकारात्मक छन् भने केही विरोधमा । पोखरा २६ वानियाँ पाछामा रहेको डाँडा २४।७ मिटर उचाइ काट्नका लागि तीन सय ८१ रोपनी क्षेत्रफलको डाँडा काट्नुपर्ने हुन्छ । यो मध्ये ८१ रोपनी जग्गा व्यक्तिको नाममा छ भने ३ सय रोपनी जग्गा सार्वजनिक । जंगलसँग जोडिएको जग्गामा टेलिकमको टावर र तल्लो भागमा पातलो बस्ती छ ।
विमानस्थलमा जहाज उडान र अवतरण गर्दा चालकलाई मानसिक रुपमा दवाब पर्ने देखिएपछि प्राविधिकले डाँडाको २४।७ मिटर उचाई काट्नुपर्ने बताएका थिए । उक्त कामलाई पोखरा महानगरको सहयोगमा अघि बढाइ रहेको आयोजनाले जनाएको छ ।
तोकिएको समयभन्दा एक वर्षअघि नै सञ्चालनमा आउने दाबी गरिएको विमानस्थलमा जहाज उडान र अवतरणका लागि डाँडानै काट्नुपर्ने भएपछि विमानस्थल निर्माण लम्बिने होकी भन्ने चिन्ता नागरिकहरुमा बढाएको छ ।
राष्ट्रिय गौरवको यो आयोजना अहिले ४० प्रतिशत काम सम्पन्न भएको छ । यो आर्थिक बर्षमा ४२ प्रतिशत काम सक्ने आयोजनाको लक्ष्य छ । विमानस्थलको रन वे यसअघि नै तयार भइसकेको छ । आकस्मिक अवतरणका लागि विमानस्थल यसअघि नै तयार भई सकेको छ ।barahinews.com
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम