काठमाडौं- रोजगारीका लागि लिबियाको बाटो हुँदै इटली हिँडेका ४ जना नेपाली लिबियाको शसस्त्र समूहको अपहरणमा परेका छन् । अपहरणमा परेपछि ती युवाले नेपालस्थित आफन्तहरुलाई खबर गरेपछि यो विषय सार्वजनिक भएको हो ।
अपहरणमा पर्ने नेपालीहरुमा लमजुङका पूर्ण प्रकाश अधिकारी, राजकुमार गुरुङ, दिनेश खत्री र चितवनका नेत्र भट्टराई रहेको बताइएको छ । एक हप्ताअघि विद्रोही शसस्त्र समूहको अपहरणमा परेका उनीहरुलाई यातना दिनुका साथै हातखुट्टाका नङसमेत तानेर उप्काइदिएको छ। उनीहरुलाई लिबियाको राम्रो कम्पनीमा र त्यहाँ नभए अस्पतालमा काम भएको र कमाई पनि निकै राम्रो हुने भन्दै एजेन्टले भिजिट भिसामा लिबिया पुर्याएका थिए।
नेपाल सरकारले नेपालीहरुलाई लिबिया जान प्रतिबन्ध लगाएको छ। वैधानिक रुपमा लिबिया जान नपाउने भएपछि उनीहरुलाई युएईको भिजिट भिसा बनाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडाइएको थियो।
युएईमा एक महिना होटलमा राखेर लिबिया पुर्याइएको थियो। नेपालबाट लिबिया जान उनीहरुले नेपाली ऐजेन्टहरुलाई प्रतिव्यक्ति ३ लाखभन्दा बढी बुझाएका थिए। लिबिया पुगेपछि पनि भिसा सुरक्षाका लागि भन्दै पाकिस्तानी एजेन्टलाई ३ देखि ६ लाखसम्म बुझाएका थिए।
युद्धग्रस्त मुलुकमा पुगेका ती नेपाली युवालाई भनेजस्तो काम र तलब पनि थिएन। बम र बारुदको त्रासमा रहेर काम गरिरहेका थिए। सोही समयमा उनीहरुले बंगलादेशी एजेन्टलाई ३ सय डलर देखि ६ सय डलर तिरेर इटली जान लागेका थिए।
इटली जाने क्रममा पानीजहाजबाट नै ४ जना नेपालीसहित ३८ जना आप्रवासीलाई शसस्त्र समूहले अपहरण गरेको हो। जसमा ४ जना नेपाली, १२ जना बंगलादेशि र २२ जना नाइजेरियन रहेको जनाइएको छ।
लिबिया पुगेर अलपत्र परेपछि लिबियास्थित नेपाली शान्ति सेना, इजिप्टको कायरोस्थित नेपाली राजदूतावास र अन्तराष्ट्रिय आप्रवासी संगठनले उद्धार गरेर फर्काइएका सैनामैना-१०, रुपन्देहीका गणेशबहादुर थापाका अनुसार अपहरणमा परेका नेपाली युवा केहीदेखि लिबियामा कार्यरत थिए।
उनले भने, ‘हामी नेपाल आउने बेलमा जाउँ भनेको थियो, उनीहरू इटाली जाने भनेर आउन मानेनन्, अहिले पक्राउ परेछन्।’
एक हप्ता अगाडि पक्राउ परेका उनीहरु आइतबार परिवार तथा आफन्तहरुको सम्पर्कमा आएका थिए । थापाका अनुसार ती युवाहरुको सबै नङ निकालिएको छ, उनीहरुलाई शसस्त्र समूहले विभिन्न यातना दिएर जीवनमरणको दोसाधमा पुर्याएको छ।
योभन्दा अघि लिबियामा अलपत्र परेका २० जनाभन्दा बढी नेपाली कामदारहरुलाई इजिप्टस्थित नेपाली दूतावासलगायत अन्य संस्थाको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको थियो । परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीका अनुसार लिबियामा समस्यामा रहेका नेपाली कामदारहरुका सम्बन्धमा इजिप्टस्थित नेपाली दूतावासले काम गरिरहेको छ। ‘अपहरणमा परेका नेपालीका सम्बन्धमा जानकारी प्राप्त भएसँगै उद्धारका लागि सक्दो पहल गर्न परराष्ट्रले दूतावासलाई खबर गरिसकेको छ,’ उनले भने।
nepallive.com
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम