गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
मुगु । स्थानीयबासीले मध्यवर्ती क्षेत्रको वनभित्र राखेका माहुरीका घारलाई निकुञ्जका कर्मचारीले नै आगो लगाएर जलाएका छन्।
ऋणमोक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतको छायानाथ रारा नगरपालिका ७ को डावा रानीखाडा वन उपभोक्ता क्षेत्रको राताखोलामा वडा नम्बर ६ र ७ का स्थानीयबासीले संयुक्तरुपमा राखेका माहुरीको घार रारा राष्ट्रिय निकुञ्ज बुलबुले पोस्टका कर्मचारीले गत शुक्रबार माहुरीसहित आगो लगाएर जलाइदिएका हुन्।
माहुरीका घार राखिएको स्थान निकुञ्ज क्षेत्र भन्दा बाहिर मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीयबासीको भनाइ छ। यो स्थानमा असोज कात्तिकमा पिना र कोटीला गाउँका स्थानीयले भेडा बाख्रा राख्ने गरेका थिए। शुक्रबार बुलबुले पोस्टबाट आएका निकुञ्जका दुई कर्मचारीले भेडीगोठसहित उक्त स्थानमा राखिएका छाँयानाथ रारा नगरपालिका ७ पिना गाँउका जानदेवी बम र वडा नम्बर ६ कि राजदेवी ऐडिका माहुरी घारलाई आगो लगाएर जलाएको खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु