पर्वत, ७ मंसिर : पर्वतको कुश्मा नगरपालिका– ५ मा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ।
राममन्दिरनजिकै नरेश श्रेष्ठको बन्दै गरेको घरमा मार्बल सार्ने क्रममा करेण्ट लागेर कुश्मा–११ पकुवा घर भएका ३८ वर्षीय राजु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए।
काम गर्ने क्रममा मार्बल काट्ने मेसिनको तारमा हात छोइएपछि विकलाई करेण्ट लागेको हो। जिल्ला अस्पताल पर्वतमा कार्यरत प्रहरी जवान पूर्णबहादुर भण्डारीका अनुसार शवको पोष्टमार्टम छलफलपछि मात्र बिहीबार गरिनेछ।
पीडित पक्ष, मार्बल बिछ्याउन ठेक्का लिएका ठेकेदार र प्रहरीबीच जिल्ला प्रहरी कार्यालय पर्वतमा हुने छलफलमा क्षतिपूर्तिको विषयमा सहमति भएपछि मात्र पोष्टमार्टम हुने भएको छ।
सम्बन्धित खबर
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम