पोखरा । फिर्के पुलबाट खोलामा मोटरसाइकलहरु खस्दै आएका छन् । फराकिलो बाटो, साँघुरो पुल । त्यसैले त्यहाँ नयाँ पुल बनाउने काम सुरु पनि भएको छ । शनिबार बिहानै फिर्के पुलबाट ट्रक खोलामा खस्यो । सहचालक घाईते भएका छन् । चालक सामान्य छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार सबेरै ३ बजे ट्रक दुर्घटना भएको हो । विन्ध्यवासिनीतर्फबाट जिरोतिर गईरहेको ग १ क ४४७३ नं. को ट्रकमा दुई जना थिए ।
दुर्घटनामा तनहुँ घर भएका २० वर्षीय सुवास गुरुङ घाईते छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । टाउकोमा चोट र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्रक उनले नै चलाएका थिए । चालक ३६ वर्षीय सोनम गुरुङ सामान्य छन् ।
तस्विरः कञ्चन थापा
http://gandaknews.com/firke-pool-dharap/
http://gandaknews.com/accident-firke-second/
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम