उच्च अदालतले भन्यो – ‘फेवाताल मिचेका संरचना तत्काल नहटाउनू’

उच्च अदालतले भन्यो – ‘फेवाताल मिचेका संरचना तत्काल नहटाउनू’

Fewataal

उच्च अदालत पोखराले फेवातालको ६५ मिटर भित्र बनेका भौतिक संरचनाहरु नहटाउन शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतले पोखरा महानगरको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ । न्यायाधिश डालकुमाल खड्काको इजालशले तत्काल संरचना नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।

महानगर विरुद्ध परेको रिटमा दुई अधिवक्ताहरु कृष्ण प्रसाद तिमल्सेना र कपिलमणि दाहालले बहस गरेका थिए । उच्च अदालतले दुबै पक्षलाई आगामी जेठ २८ गते छलफलका लागि बोलाएको छ । दुई साता अघि पोखरा महानगरले फेवाताल वरिपरिको ६५ मिटर मापदण्डले छुने घरटहरा हटाउन र कसैको दाबी भए प्रमाण लिएर आउन सार्वजनिक सूचना जारी गरेको थियो । कसैले अटेर गरे आफै भत्काउने भन्दै १५ दिने अल्टिमेटम सहितको सूचना जारी गरेको थियो ।

सोही सूचनाको आधारमा विष्णु दाहाल सहित २२ जनाले बिहीबार रिट दायर गरेका हुन् । रिटमा पोखरा महानगर सहित, जिल्ला समन्वय समिति कास्की, पोखरा उपत्यका नगर विकास समितिलाई विपक्षी बनाइएको थियो । उच्च अदालतले १५ दिन भित्र लिखित जवाफ पेस गर्न महानगरलाई भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds