एजेन्सी : जर्मनीका एक पूर्व पुरष नर्सले ८५ जना बिरामीको हत्या गरेको पुष्टि भएको छ । दुईवटा अस्पतालमा काम गर्ने क्रममा निल्स होगेलले ८५ जनाको हत्या गरेको अदालतले पुष्टि गरेको हो।
दुईवटा हत्या अभियोगमा दोषी उनी पहिल्यैदेखि आजीवन जेल सजाय व्यतित गरिरहेका छन्। कारावासको सजाय भोग्न अगाडि होगेलले सन् १९९९ देखि २००५ को अवधिमो हृदय रोगीलाई घातक खोप लगाएर हत्या गरेको पुष्टि भएको थियो।
त्यसपछि उनीमाथि थप अनुसन्धान थालिएको थियो। अनुसन्धानमा उनले आफूले दर्जनौंको हत्या गरेको बताएका हुन् । होगल जर्मनीको आधुनिक इतिहासका प्रख्यात हत्यारा हुन्। अनुसन्धानकर्ताका अनुसार होगेलले बिरामीलाई आक्रमण गरेर घाइते बनाउँथे ।
घाइतेलाई उपचार गरेर निको बनाउने र सहकर्मीलाई प्रभावमा राख्ने उदेश्यले उनले बिरामीलाई घाइते बनाउथे। तर निको नभएपछि बिरामीको मृत्यु हुन्थ्यो । होगेलका पूर्व सहकर्मीसँगको कुराकानीको आधारमा अनुसन्धानकर्ताले उनको यथार्थ पत्ता लगाएका हुन्।
हाल होगेल ४८ वर्षका भए। उनले ५५ जनाको हत्या गरेको आफैंले बताएका हुन्। बाँकी अनुसन्धानको आधारमा पत्ता लागेको जनाइएको छ।
सम्बन्धित खबर
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा