श्यामशितल परियार, लमजुङ ः भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले व्यावसायिक रुपमा भैँसीपालन गर्दै आएका जिल्लाका किसानलाई निःशुल्क उन्नत ‘मुर्रा’ जातको राँगा वितरण गरेको छ ।
ब्याडका लागि ६ वटा उन्नत जातको राँगा वितरण गरिएको केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताए । उहाँका अनुसार उन्नत जाँतका राँगाको विमा गराएर वितरण गरिएको हो ।
जिल्लाको दूधपोखरी गाउँपालिका–२ विचौरको हिमचुली कृषि सहकारी संस्था, मस्र्याङदी गाउँपालिका–९, को भुजेल कृषि फार्म, सुन्दरबजार नगरपालिका–६, को के.सी. भैंसी फार्मका साथै सुन्दरबजार नगरपालिका–४, दुराडाँडाको शिद्धेश्वर कृषक समूह, राइनास नगरपालिका–१०, बोराङखोलाको ठुलिपोखरी भैंसीपालन समूह, मध्यनेपाल नगरपालिका–१, जिताको उज्वल भैंसी फार्मलाई उन्नत जातको राँगा वितरण गरिएको उहाँले जानकारी दिए ।
उनका अनुसार ब्याड राँगाको आवश्यकता परेका किसान तथा किसान समूहको निवेदनको आधारमा छनौट गरी उनीहरुलाई निःशुल्क राँगा वितरण गरिएको हो ।
‘उन्नत जातको राँगामा प्रजनन क्षमता बढी हुन्छ । उन्नत जातको राँगा लगाएका भैंसीको दूध उत्पादन बढी हुन्छ,’ उनले भने, ‘किसानलाई व्यवसायिक बनाउन सहयोग गरिएको हो ।’
‘उन्नत जातको राँगाको प्रजनन क्षमता बढी हुन्छ । किसानले धेरै दूध उत्पादन गरी बिक्रीबाट मनग्य कमाउन सक्छन् । ब्याडको रुपमा राख्दा आम्दानी पनि हुन्छ’ उनले भने ।
राइनास नगरपालिका–१०, बोराङखोला ठुलिपोखरी भैंसीपालन समूहका रुद्रप्रसाद न्यौपानेले उन्नत जाँतको राँगा ब्याडको रुपमा पाल्ने बताए ।
‘अहिले उन्नत जातको राँगा पाएका छौं । अब राँगा खोज्दै हिँड्नु परेन । गाउँलेको भैंसीलाई समेत सेवा दिन सकिने भयो । आम्दानी पनि हुने भो,’ उनले भने ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता प्रतिष्ठान बागलुङले जित्यो
मनकामना मन्दिरका दर्शनार्थी सवार माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु, १४ घाइते
बालेनलाई गण्डकीका स्वास्थ्यमन्त्रीले भने – के हो भाइ तिम्रो पारा ?