पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा हुने “टिभिएस अपाचे’ चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५” को आवश्यक तयारी पूरा भएसँगै मनोनयन प्रमाणपत्र वितरण गरिएको छ । बुधबार पत्रकार सम्मेलन गरी स्पोर्टस् अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै मञ्चले मनोनयन प्रमाणपत्र वितरण गरेको हो ।
खेलाडी पुरुषतर्फ उत्कृष्ट ३ मनोनयनमा पर्ने अमृत थापा (स्क्वास), रुपक नेपाली (फूल कन्याक्ट कराँते) र युकेश गुरुङ (प्याराग्लाइडिङ), , वर्ष खेलाडी महिलातर्फ प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुष्मी श्रेष्ठ (फूल कन्ट्याक्ट कराँते), वर्ष उदियमान खेलाडी विधातर्फ अनुष्का शेरचन (आर्चरी), अर्जुन कुमाल (क्रिकेट) र सुस्मिता थापामगर (आईटीएफ तेक्वान्दो) तथा वर्ष उत्कृष्ट प्रशिक्षकमा भीमसेन शाक्य (ह्याण्डबल), दीपक गोदार (फूल कन्याक्ट कराँते) र राजेन्द्र पाठक (हक्की) लाई क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष एवं प्रतिभा छनोट समिति सदस्य सम्पन्न श्रेष्ठ, मञ्च अध्यक्ष एकराज गिरी, भलिबल संघ सल्लाहकार नारायण शर्मा लगायतले मनोनयन प्रमाणपत्र प्रदान गरेका हुन् ।
अग्रजको सम्मान गर्ने उद्देश्यले मञ्चले सुरु संस्करणदेखि प्रदान गर्दैआएको लाइफटाइम अचिभमेन्ट अवार्ड यसपालि बक्सिङका चित्रबहादुर गुरुङलाई प्रदान गरिने यसअघि नै घोषणा भैसकेको छ । पपुलर प्लेयर अफ दी इयरको लागि वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष उदियमान खेलाडी विधाका कुल ९ जनामध्ये आफूले चाहेको खेलाडीलाई एसएमएस भोटिङ गर्न सकिने व्यवस्था जारी छ ।
यस्तै, वर्ष उत्कृष्ट पत्रकारिता अवार्डबाट एकजना पत्रकारलाई र वर्ष उत्कृष्ट खेल संघलाई समेत नगदसहित सम्मान गरिनेछ । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव विजय नेपाल र स्वागत सचिव राजाराम पौडेलले गरेका थिए ।
कार्यक्रमबीच सशस्त्र प्रहरीका पूर्व आइजीपी स्व. सविर थापाका छोरा आशीष थापा (किस्ट अस्पताल संचालक हाल काठमाडौं) ले १ लाख ५ हजार , माता मनकामना कृषि फर्म पोखराका संचालक एवं राखेप सदस्य राजेश गुरुङ र लाहाचोक कृषि फर्मका संचालक इमानसिंह गुरुङद्वारा संयुक्त रुपमा ५० हजार र होटल सिटी इन लेकसाइडले पपुलर प्लेयर अवार्डको लागि २५ हजार दिएका छन् ।
पोखरा सभागृहमा जेठ २४ शुक्रबार दिउँसो १ बजे हुने सो कार्यक्रम मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न हुँदैछ । निर्धारित समय १ घण्टा अघि सारिएको हो । बतास ब्रदर्श प्रालिको मुख्य प्रायोजनमा हुने कार्यक्रममा यसपालि गण्डकी प्रदेश सरकारले ५ लाख दिने भएको छ ।
पोखरा महानगरपालिकाले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) १ लाख, नेपाल पर्यटन बोर्ड ५० हजार,रुपा गाउँपालिका २५ हजार, माननीय सांसद मीना गुरुङ (हङकङ व्युटी इन्स्टिच्युट प्रालि) २५ हजार, फेदीखोला गाउँपालिका २५ हजार, पोखरा–१० निवासी स्व. हेमबहादुर पुनको स्मृतिमा परिवारबाट २५ हजार सहयोग प्रतिबद्धता रहेको छ ।
यस्तै, पोखरा कन्क्रिट कन्सर्न प्रालिद्वारा वर्ष उत्कृष्ट प्रशिक्षकको लागि २५ हजार, सांसद राजीव पहारीबाट वर्ष उत्कृष्ट पत्रकारिता अवार्डको लागि २० हजार, हेल्थ अपडेट मासिकबाट वर्ष उत्कृष्ट खेल संघको लागि १५ हजार रुपैयाँ नगद र सामसङ मोवाइल वल्र्ड वाइड कनेक्सनबाट २ थान मोवाइल प्रायोजन भैसकेको छ ।
यस्तै, पोखरा महानगरपालिका वडा ८ बाट १५ हजार तथा कास्की जिल्ला खेलकुद विकास समिति, सहारा क्लब पोखरा, पोखरा वडा ७, पोखरा वडा १३, बुल्म मेन क्लबले जनही १० हजार दिने भएका छन् । उता, गुरुङ व्युटी पार्लर एण्ड एकेडेमी प्रालि, सितेसियो कराँते संघ कास्की र मुआथाई संघ कास्कीले जनही ५ हजार दिने भएका छन् ।
यसैगरी, क्षेत्रीय खेलकुद विकास समिति पोखरा, कास्कीका अन्य गाउँपालिका, पोखरा वाटर सप्लायर्स, कास्की जिल्ला बास्केटबल संघ, पोखरा खानेपानी संस्थान,पोखरा महानगरपालिका वडा ३ र ५ एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, चिल्लीबार, माउन्ट व्लू टुरिष्ट होष्टल लगायतले सहयोगको प्रतिबद्धता जनाइसकेका छन् ।
कार्यक्रमको लागि मञ्च अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा विभिन्न १३ उपसमिति तथा प्रतिभा छनोटका लागि मञ्च संस्थापक अध्यक्ष एवं सल्लाहकार रामकृष्ण ज्ञवालीको मूलसंयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ ।
सम्बन्धित खबर
आहा ! रारा पोखरा गोल्डकपमा नेपाल पुलिस क्लबको विजयी सुरुआत
पोखरामा ‘विरेन स्मृति बिटी कप’ सुरु
अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलः ब्रदरहुड, युके मास्टर्स र बानेश्वर भेट्रान्स च्याम्पियन
पहल र अम्फा टाइगर कप भलिबलका सर्वाेत्कृष्ट खेलाडी
अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलको उपाधि रामघाटले जित्यो
बगर भाइखलक कपको फाइनल सोमबार, कुन–कुन टिम उपाधिका दाबेदार ?
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा