सरकारी जागीरकाे प्रलाेभनमा आफन्तले नै व्यापक ठगि गर्दै

सरकारी जागीरकाे प्रलाेभनमा आफन्तले नै व्यापक ठगि गर्दै

thagi

काठमाडौँ। ‘आर्मीको ‘सेकेन्ड लेफ्टिनेन्ट’ बनाइ दिन्छु भनेपछि पाँचलाख रुपियाँ बुझाएँ, यतिका महिना बितिसक्यो न लप्टन भए न त पैसा पाएँ’ बैतडीका एक युवक जागिरको प्रलोभन देखाई पैसा ठगिएको गुनासो यसरी सुनाउँदै थिए ।

‘‘त्यही बीचमा अर्का व्यक्ति आए, मेरो पनि आफन्त नाता पर्नेले विदेश पठाइदिन्छु भन्दै डेढलाख रुपियाँ लिए तर अहिले सम्पर्क नै छैन’’, महानगरीय प्रहरी अपराध महाशाखा टेकुस्थित ठगी मुद्दा (शाखा) पिलरमा यस्ता गुनासो प्रत्येक दिन अपत्यारिलो ढङ्गले आउने गरेका छन् ।

ठगी मुद्दा पिलर प्रमुख प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङ ‘पैसा भनेपछि किन यति मरिहत्ते गर्छन’ आश्चार्य लागेको बताउनुहुन्छ । घटना विवरण सुन्दा पनि घिन लागेर आउँछ भन्दै उहाँले थप्नुभयो,‘ पैसाको लोभमा अब त आफन्तले आफन्तलाई ठग्न थालेछन् ।’

‘नाता–गोता’ तथा ‘पारिवारिक’ सम्वन्धलाई लत्याएर जागिर तथा वैदेशिक रोजगारको प्रलोभनमा सर्वसाधारण युवा ठगिने समस्या व्यापक बन्दै गएको छ । पाँचलाख रुपियाँ पीडित ती युवकले आफूलाई पत्रकार बताउने डोटीकै चिरपरिचित व्यक्तिबाट ठगिएको गुनासो गर्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds