बाग्लुङमा निर्माणाधीन वडा कार्यालय भवन अलपत्र

बाग्लुङमा निर्माणाधीन वडा कार्यालय भवन अलपत्र

baglung oda karyalaya

बाग्लुङ । बागलुङ नगरपालिका–११ रायडाँडामा निर्माणाधीन वडा कार्यालय भवन अलपत्र परेको छ । बजेट अभावका कारण निर्माणको काम अधुरै रहेको हो । द्वन्द्वकालमा क्षति पुगेपछि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत भवन निर्माण शुरु भएको थियो । मन्त्रालय खारेज भएसँगै दुई वर्षदेखि भवन अलपत्र अवस्थामा पुगेको छ ।

तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त आठ लाख ५० हजार रुपैंयाबाट जग र पिलरको काम गरिए पनि बटेज अभाव हुँदा अलपत्र परेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । उनले बजेटका लागि सम्बन्धित मन्त्रालयमा माग गरिरहेको र संघिय सरकारबाट प्राप्त नभए बागलुङ नगरपालिकाकै बजेटबाट भवन बनाउन पहल गर्ने बताए ।

भवन नबन्दा अहिले वडा कार्यालय निजी विद्यालयको जीर्ण कोठामा संचालन गरिएको छ । स्थानीय तह निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि वडाको आफ्नै भवन नबनेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds