धादिङ, २२ जेठ – धादिङको नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा करेन्ट लागेर ९ बर्षिया बालिकाको ज्यान गएको छ । स्थानिय मनकामना देवी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत सुस्मिता थापा मगरको बुधवार विहान ११ बजे तिर करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
धारामा नुहाएर घर फर्किए लगत्तै उफरको तार स्विच बक्समा जोड्ने क्रममा उनलाई करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ । सुस्मिता नुहाएर घर फर्किएको देखेका छिमेकीहरुका अनुसार चिसो हात भएको कारण तार भिजेर उनलाई करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ । करेन्ट लागेको समयमा घरमा परिवारको अन्य सदस्यहरु कोही नभएको र मृतकको साथमा उफरको तार भेटिएकाले सोही जोड्नेक्रममा करेन्ट लागेको हुन सक्ने पनि छिमेकीहरुले बताए ।
बालिकाको आमा युरीया मल लिन नुवाकोट जिल्लाको तारुका गएको समयमा घरमा उनि एक्लै रहेको बेला करेन्ट लागेको र आमा वजारबाट फर्किए पछि मात्रै घटनाको बारेमा थाहा भएको स्थानिय प्रकाश थापाले जानकारी दिए ।
via: dhadingnews.com
सम्बन्धित खबर
त्रिशूलीमा ट्रक खस्यो
झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला
झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पृथ्वी राजमार्ग अवरुद्ध, गल्छी नजिकै पहिरोले कार बगायो, यात्रु बसमा पनि क्षति
धादिङमा बस र माइक्रो ठोक्कियो, आठ जना घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ