तीन महिनाअघि घरपालुवा कुकुरले टोकेर रेबिज लागेकी एक महिलाको मृत्यु भएको छ । गोरखाकी ८६ वर्षीया महिलाको रेबिजका कारण आइतबार मृत्यु भएको हो ।
उनलाई उपचारका लागि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ल्याइएको थियो । अस्पतालले उनको रोग निको नहुने बताउँदै उनलाई डिस्चार्ज गरेको थियो। घरपुगेपछि उनको मृत्यु भएको हो। यो खबर आजको नागरिकमा पवित्रा सुनारले लेखकी छन्।
महिलाको मृत्यु भएलगत्तै सोमबारै अस्पतालमा सिन्धुलीका ५३ वर्षीय पुरुष रेबिज उपचारका लागि आएका थिए। उनलाई पनि अस्पतालले उपचार नहुने बताउँदै घर फर्काइदिएको छ । अस्पतालका अनुसन्धान विभाग संयोजक डा।. शेरबहादुर पुनका अनुसार रेबिज निको नहुने रोग हो।
उनका अनुसार दुवै बिरामीका परिवारले उपचार नहुने भएपछि सहज मृत्युका लागि लगेका हुन् । दुवै बिरामीलाई तीनरचार महिनाअघि घरपालुवा कुकुरले टोकेका थिए । घरपालुवा कुकुर भन्दै दुवै बिरामीले उपचारमा बेवास्ता गरेपछि रेबिज लागेको थियो।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते