ट्राफिकविरुद्ध पोखरामा बसका चालक/सहचालक आन्दोलित, जथाभावी चिट काटेको आरोप

ट्राफिकविरुद्ध पोखरामा बसका चालक/सहचालक आन्दोलित, जथाभावी चिट काटेको आरोप

Bus

पोखरा : पोखरा नगरक्षेत्र भित्र सञ्चालन हुँदै आएका नगर बसका चालक र सहचालक आन्दोलनमा उत्रिएका छन्।

आफुखुशी मनलाग्दो सडकमा सवारी सञ्चालन गर्दै आएका चालक र सहचालकलाई ट्राफिक प्रहरीले कडाई गर्न थालेपछि बस चलाउन छाडेर उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

नगर बसका चालक र सहचालकले लामो समयदेखि सवारी नियम बिपरित बीच सडकमै बस रोकी यात्रुलाई झार्ने र चढाउने गर्दै आएका थिए। तर,सरोकारवालाहरुले धेरै गुनासो गर्दै ट्राफिक प्रहरीलाई कारबाहीका लागि आग्रह गर्दै आएका थिए।

पोखराको ट्राफिक व्यवस्थापन र सरोकारवालाहरुको आग्रहपछि ट्राफिक प्रहरीले कडाई गर्न थालेपछि उनीहरु आन्दोलित भएका हुन्।

ट्राफिक प्रहरीले मेहन्द्रपुलदेखि चिप्लेढुङ्गातर्फ बस सञ्चालन गर्न नदिएको र न्युरोडमा बस रोकेर यात्रु ओराल्दा पनि ट्राफिक प्रहरीले चिट काट्ने गरेकाले आन्दोलनमा उत्रिनुपरेको उनीहरुले बताएका छन्।

उनीहरुले बिहान ११ बजे पोखराको न्युरोडमा बस रोकेर विरोध सुरु गरेका हुन्। सहचालक धन तामाङले बस रोकेर यात्रु झार्दासमेत चिट काट्ने गरेको बताए। उनले ट्राफिक प्रहरीले अचाक्ली गरेको आरोपसमेत लगाए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ