विद्यार्थीको हात भाँच्ने शिक्षिका भन्छिन्, : ‘अनुशासन कायम राख्न विद्यार्थी कुटे’

विद्यार्थीको हात भाँच्ने शिक्षिका भन्छिन्, : ‘अनुशासन कायम राख्न विद्यार्थी कुटे’

teacher

रोल्पा । विद्यार्थीलाई ‘अनुशासन सिकाउने’ निहुँमा पाँच जना छात्राको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलाइएको छ ।

सोमबार विद्यालय बिदा भएपछि शिक्षिका पुनलाई ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मेघनाथ चौलागाईंको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो। शिक्षिका पुनले विद्यार्थीलाई कुटपिट गरी हात नै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख (डिएसपी) दीपक खड्काले शिक्षिका पुनलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

ईप्रका होलेरीका प्रमुख प्रहरी निरीक्षक मेघनाथ चौलागाईंले विद्यार्थी कुटपिट गर्ने शिक्षिकालाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पठाइएको जानकारी दिए। अनुशासन कायम राख्न आफूले विद्यार्थीलाई कुटेको शिक्षिका पुनले स्वीकार गरेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds