जातीय आधारमा गरिने विभेद अन्त्य हुनुपर्छ: मुख्यमन्त्री गुरुङ

जातीय आधारमा गरिने विभेद अन्त्य हुनुपर्छ: मुख्यमन्त्री गुरुङ

prithivi-subba-Gurung

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा जातीय आधारमा गरिने सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक र लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गरिनुपर्ने बताएका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०६३ जेठ १८ गतेको निर्णयबाट जेठ २१ गते भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको घोषणा गरेसँगै नेपालका उत्पीडित दलित समुदायले आजको दिनलाई उत्साहका साथ मनाउने गरेका छन् । नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको एक दशक नाघेपनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds