अपिल त्रिपाठीले जिते मुद्धा, सेवामा लापरवाही गर्ने नेपाल टेलिकमको दोस्रो हार, के थियो मुद्धा (भिडियो)

अपिल त्रिपाठीले जिते मुद्धा, सेवामा लापरवाही गर्ने नेपाल टेलिकमको दोस्रो हार, के थियो मुद्धा (भिडियो)

Apil

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरुले दोस्रो रवि लामिछानेको उपमा दिएका छन्, पोखराका पत्रकार अपिल त्रिपाठीलाई । अपिलको ब्राण्डेड कार्यक्रम गण्डकी छड्के गण्डकी टेलिभिजनबाट प्रसारण हुन्छ । यो कार्यक्रम, दश वर्ष अघिको कार्यक्रम हो । उनले कुनै कार्यक्रमबाट प्रभावित भएर गण्डकी छड्के सुरु गरेका थिएनन् । यो कार्यक्रम गण्डकी मिडिया हाउसकै रेडियो गण्डकीको उत्पादन हो । कामकै कारण अपिल दोस्रो रवि लामिछानेका रुपमा देश विदेशमा चर्चित छन् । युट्युबमा सो कार्यक्रम फलानो न्यूज च्यानलमा अपलोड हुने गर्दछ । त्यसमा अपलोड गरिएका भिडियो हेर्ने फ्यानहरु बढ्दैछन् । अपिलले बेथिति, भ्रष्टाचार विरुद्ध सामाग्री पस्कदैं आएका छन् ।

गण्डकी छड्के पुरानै कार्यक्रम हो, तर ढिलो मात्र चर्चामा आयो । चर्चामा ल्याउन एउटा प्रकरण टर्निङ प्वाईन्ट बन्यो । त्यो हो, नेपाल टेलिकमले उल्टै दायर गरेको मुद्धा । सेवाग्राहीले आफू ठगिएको महसुस गरी क्षतिपूर्ति पाउँ भनी कानुनी रुपमा अघि बढ्दा टेलिकम अदालत पुग्यो । अपिलकै भनाइ अनुसार उनी आफू पत्रकार भएर होइन, सेवाग्राहीकै हिसाबले अघि बढेका थिए । उनले आफूले व्यक्तिगत प्रयोजनका लागि जोडेको टेलिफोन महिना बितिसक्दा समेत मर्मत गर्न नआएको, सेवा प्रवाह चुस्त नभएको भन्दै उपभोक्ताको अधिकार प्रयोग गरेका थिए । कान्तिपुर टेलिभिजन र आफ्नो मिडियामार्फत यो विषय भाइरल बन्यो । अन्ततः नेपाल टेलिकमले उल्टै फेरि अपिल विरुद्ध नै मुद्धा हाल्यो ।

हेर्नुहोस् भिडियोमा:

यसै प्रकरणपछि अपिल त्रिपाठी चिन्न थालियो । उनी गण्डकी छड्के कार्यक्रम मार्फत छाउँदै गए । अहिले युट्युब हेर्न कमैले अपिललाई नचिन्लान् । देश विदेशमा उनका समर्थक बढ्दैछन् । समर्थकलाई खुशीको खबर छ, अपिल त्रिपाठीले दोस्रो पटक आफू विरुद्धको मुद्धा जितेका छन् । मुद्धाको टुंगो लागेपछि अपिलले फेसबुकमार्फत आफ्ना भनाइहरु सार्वजनिक गरेका छन् ।

https://www.facebook.com/photo.php?fbid=1289224021228029

दोस्रो पटक हारेपछि नेपाल टेलिकम फेरि तेस्रो पटक हार्न सर्वोच्च अदालत जाला त ? नेपाल टेलिकमको सेवाबाट वाक्कदिक्क भएकाहरु अहिले यसरी हाँसीमजाक गर्दैछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds