चोरेको सामान लिएर पोखरा आउँदै गर्दा गोरखाका सुवास तनहुँमा पक्राउ

चोरेको सामान लिएर पोखरा आउँदै गर्दा गोरखाका सुवास तनहुँमा पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

पोखरा । गोरखाको गण्डकी गाउँपालिका–२ फुर्केडाँडाका २३ वर्षीय सुवास चेपाङ चोरीको सामानसहित तनहुँमा पक्राउ परेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीबाट चोरीको नगद र ल्यापटपसहित उनलाई पक्राउ गरिएको हो ।

शनिबार दिउँसो भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ८३७४ नम्बरको बसबाट चेपाङ ६९ हजार २५० नेपाली नगद, डेल कम्पनीको ल्यापटप, फलामको छिनो र पिलाससहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार सुवासले अनुसन्धानको क्रममा आँबुखैरेनी गाउँपालिका–३ मनकामना चोकमा रहेको राजन कट्टेलले सञ्चालन गरेको कट्टेल इन्टरप्राइजेजको सटर तोडी चारी गरेर ल्याएको बताएका छन् ।

चेपाङलाई चोरी मुद्धामा जाहेरी दरखास्त लिई आइतबारै तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds