काठमाडौं–लोकसेवा आयोगले स्थानीय तहको लागि हालै गरेको विज्ञापन समावेशी नभएको भन्दै खारेज गर्न संसदमा आवाज उठेको छ ।प्रतिनिधिसभाको आइतवार बसेको बैठकको शून्य समयमा नेकपाकी सांसद आशा कुमारी विकले असमावेशी वित्रापन खारेज गरेर सच्चाएर विज्ञापन गर्न माग गरेकी हुन् ।
‘नेपालको संविधानले गरेको व्यवस्था विपरित लोकसेवा आयोगले हालै गरेको विज्ञापन किमार्थ मान्य हुने छैन, अहिलेको विज्ञापन खारेज गरेर सही विज्ञापन निकाल्न ध्यानाकर्षण गराउँछु,’ सांसद विकले संसदमा भनिन् ।
त्यसअघि बैठकको शुरूमै सभामुखसँग समय लिएर राजपाका लक्ष्मणलाल कर्णले लोकसेवा आयोगले समावेशी सिद्धान्त विपरीत गरेको विज्ञापन सच्चाउन माग गरेका थिए ।
लोकसेवाले स्थानीय तहका लागि ९ हजार १ सय ६१ आवेदन माग गरेको छ । संविधानले प्रत्येक स्थानीय तहलाई सरकार मानेकोले छुट्टाछुट्टै विज्ञापन गर्नुपर्दा आरक्षण छुट्टाउन नसकिएको बताएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम