मोदीको शपथ ग्रहण समारोहबाट हातमा जुत्ता लिएर फर्किइन् मीरा राजपुत, ट्रोलिङको शिकार

मोदीको शपथ ग्रहण समारोहबाट हातमा जुत्ता लिएर फर्किइन् मीरा राजपुत, ट्रोलिङको शिकार

mira

शाहिद कपुरकी श्रीमती मिरा राजपुत स्टाइलको मामलामा कुनै पनि बलिउड नायिकाभन्दा कम छैनन् । तर हालै उनलाई मुम्बई एयरपोर्टमा हातमा जुत्ता लिइरहेको अवस्थामा भेटिएको छ । मीराको यो तस्बिर अहिले निकै चर्चित भएको छ । नाङ्गो खुट्टा हिँडेकोमा उनलाई सोसल मिडिया प्रयोगकर्ताले निकै ट्रोल गरिरहेका छन् ।

मीराको यो तस्बिर दिल्लीबाट मोदीको शपथ ग्रहण समारोहबाट फर्किरहेका बेलाको हो । मुम्बई एयरपोर्टमा उनीसँग शाहिद पनि देखिएका छन् । मीरा नाङ्गो खुट्टा हिँडिरहेकी छिन् ।

कतिले ड्रामा बताए त कतिले समर्थन गरेः

मिराको यो फोटो चर्चामा आएलगत्तै उनी ट्रोलर्सको निशानामा आएकी छिन् । कतिले उनको यो कदमलाई रुचाए भने कतिले उनको निकै आलोचना पनि गरे ।

यस्ता कमेन्ट आएः

एक प्रयोगकर्ताले लेखे, ‘यो यात्राका लागि मीराले स्लिपर वा फ्ल्याट चप्पल लगाउनुपर्दथ्यो । यिनी कति मुर्ख । के उनी समाचारमा आउन चाहन्थिन् ? सर्वसाधारण पनि थाक्छन् तर उनीहरु कहिले पनि यसरी हिँड्दैनन् । लज्जा, नाटक ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds