टाइट ड्रेसका कारण बेहोस भएर ढलिन् यी अमेरिकी अभिनेत्री

टाइट ड्रेसका कारण बेहोस भएर ढलिन् यी अमेरिकी अभिनेत्री

ladey

फ्रान्समा सम्पन्न ७२औं कान्स फिल्म फेस्टिभलमा अनेक घटना भएका छन् । जसमध्ये अमेरिकी अभिनेत्री एली फ्यानिङ बेहोस भएर ढलेको खबर अहिले चर्चामा छ ।

फिल्म छनोट समितिकी सदस्य एली कान्स डिनर पार्टीमा सहभागी हुँदा एकाएक बेहोस भई ढलेकी हुन्। उनी त्यो साँझ निकै सुन्दर ड्रेसमा उपस्थित भएकी थिइन् । तर, एकाएक बेहोस भएर लडिन्।

उनी लडेपछि माहोल तनावग्रस्त भयो। हतपत ब्रिटिस अभिनेत्री कोलिन फर्थले उनलाई समातिन्। कोलिन मेडिकल हेल्प टिम त्यहाँ नपुगेन्जेल एलीको साथमै रहिन् । आफूमा पार्टीमा लडेको कुराको एलीले केही घण्टापछि नै पुष्टि गरिन्। खबरअनुसार एलीले लगाएको ड्रेसको आउटफिट निकै टाइट थियो। त्यसकारण उनी बेहोस भएकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds