फिदिम : पाँचथरको फालेलुङ गाँउपालिका–५ प्राङबुङको एक आवस गृहमा आगलागी भएको छ। कालिका माविको तीन कोठे आवस गृहमा शुक्रबार दिउँसो आगलागी भएको हो।
विजुलीको तार सट भएर आगलागी भएको वडाध्यक्ष जिवनकुमार राईले जानकारी दिए। ‘आगलागीबाट आवास गृहमा पूर्ण क्षती पुगेको छ,’ राईले भने ‘सबैको सकृयतामा आगो निभाइको छ।’
आगलागीबाट ११ लाख बराबर क्षति भएको प्रहरीले जनाएको छ। कालिका माविका दुई जना शिक्षकहरु योगेन्द्र रेग्मी र दवी कटुवाल बस्दै आएको कोठाबाट आगो लागेको स्थानीयले बताए।
आगोले आवस गृहका तीन वटै कोठामा रहेका सामानहरुलाई पुर्ण रुपमा जलाइदिएको छ। स्थानीय, प्रहरी, शिक्षक र विद्यार्थीहरुको सकृयतामा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम