बझाङ । बझाङमा क्रुर घटना घटेको छ । काका नाता पर्ने पुरुषले महिलालाई गोठमा लगेर बलात्कार गरी विभत्स हत्या गरेका छन् । जिल्लाकाे सुर्मा गाउँपालिका वडा ४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको बलात्कार गरी हत्या भएको हो ।
उनका छिमेकी ससुरा नाताले काका पर्ने लोकेन्द्र पुजाराले जुनाको निर्मम हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीकाअनुसार बिहीबार बेलुका ४ बजे धारामा लुगा धोइरहेकी जुनाको धारामै पछाडीबाट हँसियाले सिधै गर्धनमा प्रहार गरेको र उनलाई गोठमा लगेर बलात्कार गरी नाङ्गै पारेर विछिप्त अवस्थामा छोडेको प्रहरीले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क गर्दा त्यहाँका डीएसपी सुर्यबहादुर केसीले मृतक महिलो तल्लो शरिरको लुगा नभएको बताएका छन् । तर बलात्कार नै हो भन्ने कुरा यकिन गर्न नसकिएको उनको भनाइ छ । पोस्ट मार्टम रिपोर्टपछि मात्रै बलात्कार भए न भएको एवं हत्याको कारण पत्ता लाग्ने उनले बताए ।
हत्या आरोपी लोकेन्द्र पुजारालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम