‘जनताको छातीमाथि डोजर चलाइएकाे छ, प्रकाश कँडेललाई कालोमोसो दलेर कोर्रा हान्नुपर्छ’

‘जनताको छातीमाथि डोजर चलाइएकाे छ, प्रकाश कँडेललाई कालोमोसो दलेर कोर्रा हान्नुपर्छ’

suntali-rangasala-1

चितवन । बुधबार बिहान लगभग साढे ६ बजे चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा केही स्थानीयले डोजर चलाए । निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार केही स्थानीय भत्काइदिएपछि सबै आक्रोशित र दुस्खी भए ।


सामाजिक सञ्जालमा पनि धेरैले आक्रो पोखे । धुर्मस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मसले निर्माणाधिन रंगशालमा बार भट्ट्काइनु एकदमै दुस्खद् घटना भएको बताए ।
उनले यस्तो कारुणिक दृश्य अहिलेसम्म नभोगेको समेत बर्ताए ।

बुधबार नै फाउण्डेसनका धुर्मसले एक विज्ञाप्ति निकाल्दै तत्कालको लागि निर्माण कार्य स्थगित गरेको जानकारी गराए । कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको सिर्जना भएकाले काम स्थागीत गर्नु परेको जारी विज्ञाप्तिमार्फत जनाए। स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि कामकारवाही स्थगित गरिएको पनि जारी विज्ञाप्तिमा उल्लेख छ ।

बुधबार राति क्रिकेट रंगशालाको तारबार भत्काउने कामको मुख्य नाइके ठानिएका नेकपाका स्थानीय नेता प्रकाश कँडेलसहित १७ जनालाई प्रहरीले पक्राउ गर्यो ।

१९ वर्षीय विपिन भट्टराई, २८ वर्षीय देव गुरुङ, ५५ वर्षीय तुलसी गुरुङ, ४६ वर्षीय देव तामाङ, ३२ वर्षीय सन्जु गुरुङ, ३६ वर्षीय दिपक आचार्य, ४० वर्षीय भैरव वस्ताकोटी, ३४ वर्षीय सुरेन्द्र विक, २५ वर्षीय कृष्ण कँडेल, ३६ वर्षीय राजु सापकोटा, २७ वर्षीय राजन सापकोटा, ४९ वर्षीय धु्रव चापागाई रहेका छन् । त्यस्तै मुद्दा चलाइएका महिलाहहरुमा ३४ वर्षीया कोपिला सापकोटा, ४० वर्षीया पारु परियार, २९ वर्षीया यसोदा पौडेल, ५६ वर्षीया ईश्वरीमाया तामाङ र ३४ वर्षीया मन्जु चापागाई पक्राउ परे ।

अहिले उनीहरूवरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनले अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको छ । कँडेललाई नेकपा चिनवानले निलम्बन पनि गरिसकेको छ ।

क्रिकेट रंगशाला निर्माणस्थलमा भएको अराजक गतिविधिबारे छलफल गर्नको लागि बिहीबार भरतपुर महानगरपालिकाले बैठक बोलायो । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बस्यो । उक्त बैठकमा फाउण्डेसकी उपाध्याक्ष कुञ्जना घिमिरे ९सुन्तली० निकै आक्रोशमा आए । उनले रंगशालाको बार भत्काइँदा परेको चोट बैठकमा व्यक्त गरिन् ।

फाउण्डेसनका उपाध्यक्ष सुन्तलीले रंगशालामा डोजर लगाइएको नभई जनताको छातीमाथि डोजर चलाइएको अनुभूति आफूलाई भएको बताए । उनले रंगशालामा डोजर चलाएर बार भत्काउने मुख्य नाइके प्रकाश कँडेललाई कालोमोसो दलेर जुत्ताको माला लगाएर कोर्रा हान्न माग माग समेत गरिन् ।

आफूहरुको ज्यानमाथि खतरामा रहेको बताईन् । सुन्तलीले सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म निर्माण कार्य सुरु गर्न नसकिने अवस्था सिर्जना भएको बताईन् ।news24nepal.tv

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds