काठमाडौं – दीपक मनाङ्गे निर्माता रहेको फिल्म ‘पोइ पर्यो काले’को छायाँकन सुरु भएको छ । बुधवार पोखराको विन्दावासिनी मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । अभिनेत्री पूजा शर्मा, अभिनेता सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ ।
फिल्मलाई शिशिर राणाले निर्देशन गर्दैछन् । कथा समेत उनको रहेको फिल्ममा शिव ढकालको छायाँक्न, सुवास भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत र कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।
तारा प्रकाश ‘किम्भे’को सम्पादन रहने फिल्मको प्रस्तुतकर्तामा श्याम बहादुर थापा हुन् । दिपकलाई फिल्म निर्माणमा अ। देवि राईले सघाउदै छिन् । फिल्मको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् ।
‘पोइ पर्यो काले’को कथावस्तुमा सामाजिक र कमेडी रहेको निर्देशक राणाले बताए ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ