एक्लो छोरोको अल्पायुमै निधनले प्रकाशकी आमा मुर्छित

एक्लो छोरोको अल्पायुमै निधनले प्रकाशकी आमा मुर्छित

prachanda

काठमाडौँ ३ मंसिर- एकमात्र छोरो प्रकाश दाहालको निधन भएको खबर सुनेपछि आमा सीता दाहाल मुर्छित भएकी छिन ।

आइतबार विहान आफ्नो छोराको निधन भएको खबर सुनेपछि उनी भक्कानीदै अर्थ बेहोस भएकी थिइन् । जेठी छोरी ज्ञानु दाहालको दुई वर्ष अघि नै क्यान्सरले लगेको थियो लगातार पुत्रपुत्री वियोगले दाहाल परिवार छटपटाईरहेको छ ।

पुत्र वियोगमा छटपटीए पनि छोराको मृत शरीर अन्तिम पटक हेर्न उनी पति प्रचण्डसहित नर्भिक पुग्दैछिन् । यद्यपी प्रचण्ड काठमाडौँ आईनपुगुन्जेल मृत घोषणा नगर्ने भनेपछि अस्पतालकै सहमतिमा उनको मृत्युको घोषणा नभएको बुझिएको छ ।

धार्मिक परम्परा अनुसार अन्त्यमा पानी खुवाउने चलन भएकाले पनि अस्पतालले अभिभावक आएपछि मात्र मृत घोषणा गर्ने गरेको छ ।

प्रकाश बाँचुञ्जेल उनी आफ्नो व्यक्तिगत कारण विवादमा आईरहे । तर व्यक्तिगत तथा पार्टीगत हिसाबमा भने उनी कुबल र असल रुपमा चिनिने जानकारहरु बताउँछन् ।

व्यक्तिगत कमजोरी त सबैको हुन्छ । त्यसले अरुलाई कति असर परेको भन्ने कुरा हो । अरु नेताका छोराछोरी विदेशमा पढ्ने, मोज गर्ने गरिरहँदा प्रकाश भने प्रचण्डलाई नै साथ दिँदै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds