१४ वर्षीया किशोरीको सामुहिक बलात्कार पछि जिउँदै जलाएर हत्या

१४ वर्षीया किशोरीको सामुहिक बलात्कार पछि जिउँदै जलाएर हत्या

murder after rape

भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा एक किशोरीलाई सामुहिक बलात्कारपछि हत्याको मामलामा सातजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।  इन्डियन एक्सप्रेसमा छापिएको खबर अनुसार यी सातजनामाथि १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको र त्यसपछि जिउँदै जलाएर हत्या गरेको आरोप लागेको छ ।

यद्यपी, अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । पुलिसले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

खबर अनुसार मृतक किशोरी एक इट्टा भट्टामा काम गर्थिन् । इट्टा भट्टाका मालिक र अन्य ६ व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds