काठमाडौँः विनाशकारी भूकम्पको चार वर्षपछि नेपाल चीन जोड्ने तातोपानी नाका आजदेखि औपचारिक रूपमा सञ्चालन आउँदैछ। दुई देशका उच्च अधिकारीहरूको उपस्थितिमा नाका पुनः सञ्चालनको घोषणा गरिँदैछ। तातोपानी नेपाल चीनको मुख्य व्यापारिक नाका हो।
२०७२ वैशाख १२ गतेको भूकम्पबाट नाकाको मितेरी पुल पूर्ण रूपमा क्षति भएको थियो। आसपासका बस्ती पूर्ण रूपमा विस्थापित थिए। मितेरी पुल र बन्दरगाह पुनर्निर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आउन लागेको हो । चीनबाट ऊन लोड गरेका चारवटा कन्टेनर नेपाल पठाएर औपचारिक रूपमा नाका सञ्चालनको घोषणा गर्न लागिएको हो ।
विनाशकारी भूकम्पपछि नाका पुनः सञ्चालन गर्ने नेपालले तोकेता गरे पनि आवश्यक पूर्वाधार निर्माणमा भने ढिलाइ गरेको थियो। चीन पक्षका अधिकांश सडक र पूर्वाधार निर्माण सम्पन्न भए पनि नेपालको आन्तरिक तयारी भने सुस्त छ। चीनले सुरक्षाका कारण देखाउँदै पनि केही समय नाका सुचारुमा चासो राखेको थिएन।
तत्कालका लागि नाकाबाट ठूला मालवाहक सवारीसाधनले मात्र प्रवेश पाउनेछन्। तिनै सवारीले बन्दरगाहमा सामान ओसारपसार गर्नेछन्।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु