अश्विन दानी, पोखरा । यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिने दुई जना पक्राउ परेका छन् । सोमबार (हिजो) सेवाग्राहीहरुसँग घुस लिँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित बार्दली रेस्टुरेन्ट एण्ड बारबाट ४० हजारसहित दुई जना पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इन्स्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्लेलाई ४० हजार घुससहित पक्राउ गरेको जनाएको छ ।
काफ्लेले यस अघि नै विभिन्न सेवाग्राहीसँग लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै लिएको १ लाख ६ हजार रुपैँया र डायरीलगायत प्रमाणहरु बरामद गरेको अख्तियार स्रोतले जनाएको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम