एजेन्सी । यौन व्यवासायलाई हाम्रो समाजमा घृणाको नजरले हेरिन्छ । यौन व्यवासायको लागि हाम्रो समाजमा न कुनै राम्रो स्थान छ न त हेराइ नै । धेरै मानिसहरुलाई यस कुराको जानकारी हुदैन की प्राय यस व्यवासायका महिला आफ्नो इच्छाले आएका हुदैनन् । उनिहरु मानव तस्करीको शिकार बनेर त अरुले फसाएर सो काममा आइपुग्छन् ।
विश्वमा लगभग ४ करोड ‘सेक्स वर्कर’ रहेका छन् । यस मध्ये भारतमा करिब ३० लाख रहेका छन् । वेश्यावृत्ति मा पक्राउ पर्ने महिलाको औसतन उमेर १३ बर्ष रहेको छ । भारतको मुम्बईमा सबैभन्दा ठुलो सेक्स इन्डस्ट्रि रहेको छ । त्यहाँ २ लाख भन्दा ज्यादा ‘सेक्स वर्कर’ छन् भने ती मध्ये पनि ५० प्रतिशत एड्सबाट ग्रसित रहेका छन् ।
‘अल बंगाल वसमन युनियन’ ले सन् १९८८ मा यौन व्यवासायवृत्तिमा लाग्नुको कारण बारे गरेको सर्वक्षणमा निम्न तथ्य खुलेको छ । ५ प्रतीशत महिला आफ्नो बुवा – आमाको इच्छा अनुसार यस क्षेत्रमा आएका छन् । १४ प्रतीशत साथिको लैलैमा पैसा कमाउन यस क्षेत्रमा आए । भने २३ प्रतीशत दलालको चक्करमा फसेर आए। त्यस्तै १३ प्रतीशत आफ्नो नातेदार यस क्षेत्रमा भएका कारण आए । १० प्रतीशतलाई मायामा धोका दिएर यस क्षेर्त्रमा ल्याइयो । २ प्रतीशत अफ्नो श्रीमान्को सहमतिमै यस क्षेत्रमा रहेका छन् । यो रिपोर्ट पश्चिम बंगालको हो ।
भारतमा पुरूष वेश्यावृत्ति पनि निकै बढेको पाइन्छ । दिल्ली, चन्डीगढ़ र मुम्बई जस्ता ठुला शहरमा धनी महिलाहरु पुरूष वेश्याबाट सेवा लिने गरेका छन् । पुरूष यौन व्यवासायलाई जिगोली भनिन्छ । प्राय कलेजको डिग्रि लिने केटाहरु यस धन्दामा आउने गर्दछन् ।
सन् १९८१ मा भारतका २७ प्रतीशत ‘सेक्स वर्कर’ मात्र कण्डम प्रयोग गर्दथे , १९९५ मा यो संख्या बढेर ८२ प्रतीशतमा पुग्यो भने सन् २०११ मा ८६ प्रतीशत रहेको छ । भारतमा पर्यटनको कारण बाल वेश्यावृत्ति लगातार बढि रहेको पाइन्छ । पश्चिमी देशका केहि मानिसहरु बाल वेश्यावृत्तिकै लागि भारत आउने गर्दछन् । उनिहरु बालिकालाई यौन शोषण मात्र नगरेर पोर्न चलचित्र बनाएर फर्कने गर्दछन् । यूनिसेफको रिपोर्ट अनुसार भारतमा बाल वेश्यावृत्तिको संख्या लगभग २ लाख रहेको छ ।
यौन व्यवासायमा १० मध्ये १ पुरुषले मात्र सेक्सको पैसा तिर्ने गर्दछन् । संसारका २०० भन्दा ज्यादा देशहरु मध्ये २२ देशले मात्र वेश्यावृत्तिलाई कानुनी मान्यता दिएका छन् । वेश्यावृत्तिमा नाम चलेका १० शीर्ष देशमा थाईलेण्ड, ब्राजिल,स्पेन,इन्डोनेशिया, कोलबिया, फ्लिपिन्स , केन्या, नेदरलेण्ड, कम्बोडिया, डोमिनिकन गणराज्य रहेका छन् ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते