काठमाडौं । भारतको गुजरातको आर्थिक राजधानी सुरतमा एक व्यापारिक कम्प्लेक्समा आगलागी हुँदा बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । २० जनाको ज्यूँदै जलेर मृत्यु भएको हो भने एक बच्चाको छतबाट कुँदेर मृत्यु भएको हो । मर्नेहरुमा १८ महिला र ३ पुरुष रहेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।
मृतकहरुको उमेर १५ वर्षदेखि २२ वर्षबीच बताइएको छ । ११ जना बालबालिकाको अवस्था गम्भीर रहेको छ । आगलागीको समयमा आर्टसको कोचिङ कक्षा चलिरहेको थियो । त्यहाँ करिव ४५ जना बालबालिका थिए ।
चार तल्ले उक्त कम्प्लेक्समा शुक्रबार दिउँसो ३ बजेतिर विद्युत सर्ट सर्किट भएर आगलागी भएको थियो । तेस्रो तत्लामा आर्ट कक्षा चल्ने गरेको थियो । ११ जनाको उद्धार गरिए पनि उनीहरुको स्थिति गम्भीर रहेको बताइएको छ ।
तीमध्ये साहसीले तीन चार जना साथीहरुलाई बचाएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विपक्षी दल काँग्रेस अध्यक्ष राहुल गान्धीले शोक जनाएका छन् ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते