सृष्टिका रचयिता, चराचर जगतलाई आफ्नो अधिनमा राख्ने भगवान पैसाका भोगी हुन् ? उनलाई पैसा चाहिन्छ ? धन-दौलत चाहिन्छ ?
यदि भगवानलाई पैसा नचाहिने भए हामी किन मठ-मन्दिरमा गएर भेटी चढाउँछौ ? किन ‘धर्म’को नाममा खुलेका संघ-संघठनलाई दान दिन्छौ ?
तपाईंले याद गर्नुभएकै होला, मठ-मन्दिर, धार्मिस्कथलका अघिल्तिर फूल, प्रसादसँगै पैसा (भेटी) पनि खरिद गर्न सकिन्छ । मठ-मन्दिरमा चढाउनका लागि पैसा साट्ने व्यवस्था पनि हुन्छ । यसैगरी तपाईंले देख्नुभएकै छ, मान्छेले भगवानको नाममा भेटी (पैसा) चढाइरहेका हुन्छन् ।
तिर्थस्थलमा, मठ-मन्दिरमा, खोलानालामा पैसा चढाइन्छ । भगवानको नाममा एउटा ढुंगा गाडियो भने त्यहाँ पनि अबीर र अक्षतासँगै पैसा चढाइन्छ । पैसा मात्र होइन, कतिपयले मूल्यावन धातु पनि चढाउने गर्छन् । ठूल-ठूला मठ-मन्दिरमा त यसरी चढाइने पैसा एवं धन-सम्पति कति हुन्छ, कति । हामी सुन्छौ, कतै बोरामा पैसा भण्डारण गरिन्छ । कतै पैसा कुहिएर नष्ट हुन्छन् ।
धर्मको नाममा यसरी भेटी (पैसा) चढाउने प्रवृत्ति जताततै हुन्छ । चाहे त्यो हिन्दुको नाममा होस् वा ईसाइको वा त अरु कुनैको । कतिपय धार्मिक संघ-संगठन पनि छन्, जहाँ पैसाकै चलखेल बढी हुन्छ ।
के देवी-देवतालाई यत्तिका पैसा खाँचो होला ? पैसा नचढाए हाम्रो भाकल पुरा हुँदैन ? हाम्रो मनोकांक्षाको सुनुवाई हुँदैन ?
अहिले कतिपय ‘धार्मिक संस्था’का सदस्यहरु तपाईंकहाँ आउँछन् र ललाई-फकाइ गर्छन् । उनीहरुले केही डर देखाउँछन्, केही लोभ देखाउँछन् । आखिरमा तपाईं उनीहरुको सर्त बमोजिम ‘धर्म’ परिवर्तन गर्नुहुन्छ वा नयाँ ‘धर्म’ अंलाग्नुहुनेछ । अनि सुरु हुन्छ पैसाको खेल ।
तपाईंले आर्जन गरेकोमध्ये दश अंश पैसा त्यही संस्थामा बुझाउनुपर्ने सर्त राखिन्छ । त्यतीमात्र होइन, पोस्टर, पुस्तक, क्यालेन्डर पनि तपाईंले खरदि गर्नुपर्ने हुन्छ । अहिले तथाकथित धर्मगुरुहरु तपाईंको घर आँगनमा आएर तपाईंलाई फकाउन सक्छन् । लोभ्याउन सक्छन् । जब तपाईं उनीहरुको सर्त पालना गर्दै जानुहुनेछ, तपाईंको गोजी रित्तिदै जानेछ ।
धार्मिस्थल वा धार्मिक संस्थाको नाममा यसरी भेटी (पैसा) चढाएर पूण्य हुन्छ ? स्वर्गको ढोका खुल्छ ? इश्वरको कृपा प्राप्त हुन्छ ?
भगवान र पैसाको अस्तित्व
जतिबेला पैसाको अस्तित्व थिएन, त्यसबेला ईश्वर एवं भगवानको अस्तित्व स्विकारिन्थ्यो । पैसा एक भौतिक कुरा हो, जसले धर्म किन्ने, बेच्ने काम गर्न सकिदैन । भगवानलाई लोभ्याउने वा चिढाउने पनि गर्न सकिदैन ।
तैपनि हामी पैसा चढाउँछौ र आँखा चिम्लेर भगवानसँग भन्छौ, ‘मेरो फलानो काम पुरा गराइदेऊ ।’
खासमा हामी पैसा दिएर भगवानलाई आफ्नो वशमा पार्ने यत्नमा हुन्छौ । पैसा दिएपछि भगवानले हामीमाथि कृपा गर्छ भन्ने सोच्छौ । पैसा चढाएपछि नै भगवानले हाम्रो मनोकांक्षा पुरा गरिदिन्छ भन्ने लाग्छ । त्यसो नहुँदो हो त हामी मठ-मन्दिर, खोलानाला, तिर्थव्रतमा भेटी नै चढाउने थिएनौ ।
अन्धविश्वास एवं ढोंग
खान लाउनै नपुग्नेहरु पनि भगवानको नाममा आफ्नो गच्छे अनुसार भेटी चढाउँछन् । हुनेखानेहरु प्रचार-प्रसार गरेरै सक्दो धन-सम्पति, पैसा चढाउँछन् । कतिपयले धार्मिक समारोह आयोजना गरेर पैसा चढाउने गर्छन् ।
अहिले टोल-टोलमा समुदायले नै मठ-मन्दिर बनाएका छन् । त्यस्ता मठ-मन्दिरलाई पैसा आर्जन गर्ने माध्याम पनि बनाएका छन् । मठ-मन्दिरमा पूजाआजा गर्न, बिहेकार्जे गर्न निश्चित पैसा उठाइन्छ । त्यसबाहेक नियमित दर्शन गर्नेहरुबाट प्राप्त हुने भेटी पनि संकलन गरिन्छ । यसरी मन्दिर र भगवानको नाम गरेर पैसा कमाउने काम गरिन्छ ।
पैसा खाने भगवान
वास्तवमा हामीले भगवानलाई जुन भेटी चढाउँछौ, मठ-मन्दिरमा जसरी पैसा दान गर्छौं, पूजा-अनुष्ठान लगाएर जति पैसा खर्चन्छौं, ति सबै पैसा भगवानले पाउने होइन ।
भगवान पैसाको लोभी पनि छैनन् । भगवानलाई पैसाको खाँचो पनि छैन ।
वास्तवमा यो धर्म, भगवान आदिको नाममा गरिने धन्दा हो । भगवानको नाममा जतिसुकै भेटी, जतिसुकै पैसा चढाएपनि त्यसबाट हामीलाई कुनै प्रतिफल मिल्ने होइन । खासमा भगवानको नाम गरेर वा धार्मिक संस्थाको नाममा पैसा असुल्ने काम अरुले नै गर्छन् । आस्था र विश्वासलाई पैसा आर्जनको मेलो बनाइन्छ । खासमा भगवानले पैसा माग्दैनन् । भगवानको नाम गरेर अरुले नै यसको उपभोग गर्छन् ।
लोभ, मोह, आशक्तिको त्याग
सदियौंदेखिको चलन हो, मठ-मन्दिरमा भेटी चढाउनु । धार्मिकस्थलमा पनि हामी भेटी चढाउँछौ । खोलानालामा चढाउँछौ । यो प्रचलन भने त्यतीकै चलेको होइन ।
खासगरी मन्दिर धाउनु, पूजाआजा गर्नु, तिर्थव्रत गर्नु भनेको मनको शुद्धिकरण गर्नु हो । मनमा आध्यात्मिक जागरण ल्याउनु हो । वैरभाव, इष्र्या, भय, लोभ, मोह, दम्भ पखाल्नु हो । किनभने हामी यिनै विकार बोकेर समाजमा एकअर्कासँग लडाई, झगडा, सत्रुता, तित्तता, प्रतिशोध मोलिरहेका हुन्छौ । जबकी यसबाट हाम्रो उन्नती हुने होइन, बरु हामी थप भ्रष्ट र नष्ट हुँदै जाने हो ।
सांसरिक जीवनमा हामी पैसा, मोजमस्ती, ऐशआरमको चक्करमा हुन्छौ । यतिबेला हामी जीवन र जगतको मूल्य नै भुलिरहेका हुन्छौ । यसरी भौतिक भोग-विलासमा हराइरहेका हामीलाई जीवनको मूल्य बुझाइदिने काम धर्म, संस्कार, परम्पराले गराउँछ ।
मठ-मन्दिरमा पैसा वा भेटी चढाउनु पनि यस्तै एक संकेत हो ।
यसको संकेत हो, धन-दौलतप्रतिको आशक्ति त्याग्नुपर्छ । धन-दौलतप्रतिको मोह त्याग्नुपर्छ । साथै यो समर्पण पनि हो, भक्ति-भावको ।
अर्को कुरा चाहि मठ-मन्दिरको संरक्षणमा खटिएका पूजारी, गुरुहरुको सहयोगार्थ पनि पैसा, भेटी दिइएको हो । कतिपय सामाजिक काममा लागि पनि भगवानको नाममा पैसा उठाउने प्रवृत्ति छ । महापुराण जस्ता धार्मिक समारोह आयोजना गरेर पैसा संकलन गर्ने र आपत-विपतमा खर्च गर्ने चलन पनि विगतदेखि नै चलिआएको हो । यसरी धर्मको नाममा भेटी, दान दिने र लिने काम भएको हो ।
तर, अहिले यसको अर्थ खोजिदैन । बुझिदैन । अन्धभक्त भएर हामी भेटी चढाउँछौ । दान दिन्छौ । यसरी दिएको दान, भेटी अर्थपूर्ण हुनुपर्छ । यसले कसैको उपकार हुनुपर्छ । यदि हामीले अन्धधुन्द मठ-मन्दिरमा पैसा चढाउने, देवी-देवताको नाममा पैसा दिने, धार्मिक संस्थाहरुलाई पैसा सहयोग गर्ने काम गर्यौ भने यसले धर्मको नाममा भ्रष्ट प्रवृत्ति अरु मौलाउँदै जान्छ । धर्मको वास्तविक मर्म र मूल्य ओझेलमा पर्छ ।onlinekhabar
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते