जब दुई जना राष्ट्र सेवक प्रहरी अधिकारी मिलेर बलात्कार गरे …

जब दुई जना राष्ट्र सेवक प्रहरी अधिकारी मिलेर बलात्कार गरे …

rape

नवलपरासी । पश्चिम नवलपरासीमा कार्यरत दुई प्रहरी अधिकारी निलम्बनमा परेका छन् । बलात्कार गरेको आरोपमा सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयकमा कार्यरत जवान प्रेम खड्का र पाटेश्वर यादवमा निलम्बनमा परेका हुन् ।

उनीहरुलाइ स्थानीय १७ वर्षीया किशोरी र २६ वर्षीया महिलालालाइ बलात्कार गरेको आरोप लागेको हो । पीडित परिवारका आनुसार गएको वैशाख १ गते घाँस काट्न गएकाबेला खड्का र यादवले बलात्कार गरेका थिए ।

घटना पहिल्यैको भएपनि पीडित युवतीहरुले गुपचुप राखेका कारण घटनाको हस्य खुलेको थिएन । तर केही दिनपछि यसबारे स्थानीयले थाहा पाएपछि प्रहरीसमक्ष उजुरी परेको थियो । हाल आरोपित दुवै जवानबिरुद्ध जबर्जस्ती करणी अन्तर्गत मुद्दा प्रक्रिया अघि बढाइएको नायव प्रहरी उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds