थाइल्याण्डमा जीवितै गाडिएको नवजात शिशुलाई कुकुरले उद्धार गरेको छ । किशोरी आमाले बच्चा जन्माएर जीवितै पुरिएको शिशुलाई कुकुरले उद्धार गरेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको कुरा देशसञ्चारले लेखेको छ । १५ वर्षकी किशोरीले आफू गर्भवति भएको कुरा अभिभावकबाट लुकाएको र छोरा जन्मिएपछि पुरेको आरोप छ ।
घटना अनुसार, थाइल्याण्डको उत्तरी क्षेत्रको बान नोङ्ग खाम गाउँमा शिशु गाडिएको ठाउँमा पिङ्ग पोङ्ग नाम गरेको कुकुरले भुक्दै खनिरहेको देखेपछि स्थानीय पुगे । कुकुरका मालिकले शिशुको खुट्टा देखिएपछि बल्ल थाहा भएको बताएका छन् ।
स्थानीयले उद्धार गरि शिशुलाई अस्पताल लगे, डाक्टरले स्वास्थ्य परीक्षण गरि शिशु स्वस्थ रहेको बताए । शिशुको उद्धार गरेको कुकुर अपाङ्ग छ । पिङ्ग पोङ्गलाई कारले ठक्कर दिएका कारण उसको एउटा खुट्टाले काम गर्दैन।
शिशुकी किशोरी आमालाई बच्चा त्याग गरेको तथा हत्याको प्रयास गरेको आरोप दर्ता गरिएको छ । किशोरी आमाका आभिभावकले शिशुलाई हुर्काउने बताएका छन् । किशोरीले आफ्नो कार्यका लागि पछुतो मानेको बताएकी छन् ।
This will close in 3 seconds
सम्बन्धित खबर
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
गण्डकीका पाँच वटै यातायात कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय
गण्डकीका स्वास्थ्यमन्त्री: माओवादीको विरोध गर्दा ‘डेथ वारेन्ट’
बुवाको मुख हेर्ने दिनमा सफल दहीको शुभकामना सन्देश
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग